-->
मधुमेह रोगको असर नेपालमा नाटकीय किसिमले बढ्दै

पूर्व राष्ट्रपति रामवरण यादवले मधुमेह रोगको असर नेपालमा नाटकीय किसिमले बढेकोले सजगता अपनाउनु पर्ने बताउँनुभएको छ । यसकोलागि खानपान र व्यायाममा विशेष ध्यान दिनुपर्ने उँहाको सुझाव छ

शनिवार राजधानीमा नेपाल मधुमेही समाजद्धारा आयोजित कार्यक्रममा धारणा राख्दै पूर्व राष्ट्रपति यादवले आज भन्दा ३० बर्ष अगाडि आफ्नो गाँऊमा १ जना मधुमेहको रोगी भेट्न गाह्रो हुनेमा आज यो रोगका विरामी धेरै पाईएको चर्चा गर्नुभयो । सामान्य कमजोरीवाट यो रोग लाग्ने भएकोले खानापान र व्यायाममा विशेष ध्यान दिनुपर्ने उँहाको सुझाव छ ।

विश्वमा प्रत्येक दश सेकेन्डमा दुईजनालाई मधुमेह लागेको हुन्छ । प्रत्येक आठ सेकेन्डमा एकजना मधुमेहको कारणवाट मृत्यु हुन्छ । जीवन शैली, आहार, औषधि सेवन, व्यायाम र नियमित रक्त परीक्षण जस्ता कुरामा विशेष ध्यान दिन सके मधुमेह रोक्न सकिने चिकित्सकहरुको सुझाव छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.