नेपाल एयरलायन्सको जहाज ठूलो दुर्घटनाबाट जोगियो
२९ चैत, जुम्ला । नेपाल एयरलायन्सको नाइन एन–एवियु संकेत चिन्ह भएको जहाज सोमबार जुम्ला विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।
अपराह्न १ः३० बजेतिर जुम्लाबाट नेपालगन्जका लागि उडान भर्ने क्रममा धावनमार्गको अन्तिम बिन्दुमा पुग्दा जहाज बाङ्गिएपछि चालकदलले आकस्मिकरुपमा इन्जिन बन्द गरेको नागरिक उड्डयन कार्यालय जुम्लाका प्रमुख पवन श्रेष्ठले जानकारी दिए ।
जहाजका क्याप्टेनका अनुसार विमानको पछिल्तिरको नोजल गियरको तार चुडिएकाले प्राविधिक समस्या आएको हो । ‘बेलैमा क्याप्टेनले देखाएको बुद्धिमानीबाट हामी सकुशल रह्यौं,’ जहाजमा रहेका यात्रु उदिराम डाँगीले भने ।
विमानमा सवार सबै यात्रु सकुशल रहेका छन् । मङ्गलबार जहाजको मर्मत गरेपछि नियमित उडान हुने बताइएको छ । रासस
0 comments
प्रतिक्रिया दिनुहोस्...