-->
हरेक नेपालीको थाप्लोमा १९ हजार ऋण

काठमाडौं, चैत २९ - एक जना नेपाली नागरिकको भागमा १९ हजार रुपैयाँ ऋण रहेको देखिएको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल सरकारले विदेशीदाता तथा मित्रराष्ट्रलाई तिर्न बाँकी ऋण ५ खर्व ४५ अर्व रुपैयाँ नेपाली नागरिकलाई भाग लगाउने हो भने एक जनाको भागमा १९ हजार २ सय ३४ रुपैयाँ पर्ने छ । २०७२ असारमा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको कुल जनसंख्या २ करोड ८३ लाख ३१ हजार छ । कार्यालयले यो विवरण समेटिएको आर्थिक वर्ष ०७१/७२ को आर्थिक कारोबारको लेखापरीक्षण प्रतिवेदन सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ । कार्यालयले वैदेशिक सहायताको प्रभावकारी परिचालन नभएको पनि दावी गरेको छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.