केटीको विषयमा झगडा हुँदा एक युवकको हत्या
जुम्ला, चैत २९ – आठौं अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड हेर्न गएका एक युवकको आइतबार दिउसो ढुंगाले थिचेर हत्या गरिएको छ । केटीको विषयमा भएको विवादका कारण हत्या भएको प्रहरीले बताएको छ । हत्या गरिएका युवक चन्दननाथ नगरपालिका-१५ गैरागाउँका १९ वर्षका राजेश न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । हत्यामा संलग्न चार जनाको पहिचान भएको र दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनास्थल रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन भएको छुमचौर गाविसभन्दा आधा घण्टा तल जङ्गलमा भएकाले प्रहरीलाई राति ८ बजेमात्र जानकारी भएको बताएको छ । हत्यामा संलग्न अन्य दुईजना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । - See more at: http://m.ujyaaloonline.com/news/55937/hatyaa/#sthash.o6AVBxPv.dpuf
0 comments
प्रतिक्रिया दिनुहोस्...