पहल सिं कामी (Passport No:०५९९१७८४) नाम गरेका नेपालीको हत्या गरेको आरोपमा उनीहरु माथी मुद्धा चल्दै आएको थियो । उनीहरु दुबै जना २ बर्ष ६ महिना अघिदेखि प्रहरी हिरासतमा रहंदै आएका थिए । मलाया उच्च अदालत पाहाङ तेमेरलोहले शुक्रबार अन्तिम फैसला गर्दै बिष्ट र थापा मिलेर कामीको हत्या गरेको पुष्टी गर्दै सार्बजनिक अपराध बमोजिम उनीहरुमाथी कैद सजाए सुनाएको हो । हत्यामा संलग्न भनिएका दुबै जना र मृतक कामीको नेपालस्थित स्थाई ठेगाना भने खुलाईएको छैन् ।साढे ६ बर्षको जेल सजायँ सुनाइएका उनिहरु साढे २ बर्ष अघिदेखि प्रहरी हिरासतमा रहंदै आएकाले अब ४ बर्ष पछि उनिहरु मुक्त हुने जनाइएको छ । कामीको शब सन २०१३ डिसेम्बर २९ मा कामपुंग् राजा क्यामरुन हाईल्याण्डको स्टबेरी केन्द्रमा भेटीएको थियो । कामी हिलिरान विन कम्पनीको कामदार भएको खुलाइए पनि उनिहरु संगै काम गर्ने साथि भएको नभएको बारेमा केहि खुलाइएको छैन । एक आपसमा झगडा भएको बेला दुइजना मिलेर हत्या गरेको देखिन आएको उच्च अदालत पाहाङले जनाएको छ ।
मलेसियाको दंड संहिताको धारा ३ सय २ अन्र्तगत हत्याको सजायस्वरुप फांसी तथा हत्याको प्रकृति हेरी ३० बर्षको कैद सजाए हुनेछ। हत्यामा संलग्न भएका दुबै जनाले आफ्नो गल्ती स्वीकार गर्दै क्षमा याचना गरेपछि अदालतले कैदको समयमा कतौटी गरी १० बर्षमा झारेको बताइएको छ । १० बर्षको कैद सजायमा थप एक तिहाई कैद सजाय छुट पाएपछि उनिहरुले साढे ६ बर्षको कैद सजाए काट्नै पर्ने भएको हो । उनीहरुको मुद्धा टुङगिन् साढे २ बर्ष लागेपछि अब बिष्ट र थापा ४ बर्षपछि कैद मुक्त हुने छन् ।
0 comments
प्रतिक्रिया दिनुहोस्...