-->
झापा गोल्डकप: झापा फाइनलमा

चैत्र २४, २०७२- आयोजक रमपम झापा ११ सडेन डेथमा विजयी वन्दै वुधवार झापा गोल्ड कपको फाइनल प्रेश गरेको छ । रुस्लान थ्री स्टारलाई ४–३ ले निरास पार्दै झापा उपाधि नजिक पुगेको हो । झापाले राष्ट्रिय लिगमा थ्री स्टारसंगको व्यहोरेको पराजयको वदला घरेलु मैदानमा लिएको छ ।

निर्धारित समयमा ९० मिनेटको खेलमा १–१ वरावरीमा सकिएको थियो ।  १५ मिनेटको थप समय पनि गोल रहित वरावरीमै वित्यो । अन्तिम निर्णयका लागि भएको टाइव्रेकरमा ३–३ वरावरी भयो । टाइव्रकेरमा झापाका योगेश गुरुङ, रवि थापा, कर्ण लिम्वुले गोल गरे । दिलेन लोक्ताम र सन्जोग राई चुके ।

थ्री स्टारवाट पनि विजय धिमाल, शिव श्रेष्ठ र दिपक राईले गोल गर्दा रजिन धिमाल र अफ्रिकन खेलाडी भिक्टरको प्रहार किपर किशोर गिरीले निस्तेज पारे । टाइव्रकेर समेत ३–३ को वरावरी भएपछि सडेन डेथवाट अन्तिम निर्णय लिइएको थियो ।  जसमा झापाका कप्तान प्रवेश कट्वालले पहिलो गोल गरे । थ्री स्टारका सरोज दाहालको प्रहार पोष्टको दायाँ वारमा लागेर फर्किनु नै थ्री स्टारका लागि दुर्भाग्य भइदियो ।

होम ग्राउन्ड र घरेलु समर्थकको हौसला पाएपनि झापाले पहिलो हाफमा उल्लेख्य प्रदर्शन गर्न सकेन । पहिलो हाफको खेलमा थ्रीस्टारको पक्षमा थियो । थ्री स्टारका दिपक राई, निराजन खड्का, शिव श्रेष्ठ, सुनिल वललगायतले झापा विरुद्ध आक्रमक खेल प्रदर्शन गरे । भलै पहिलो हाफ गोल रहित वरावरीमा टुंगियो ।

दोस्रो हाफपछि झापा केही हौसिएको त देखियो । तर, थ्री स्टारले गोल गर्दै अग्रता लियो । दोस्रो हाफको १० औ मिनेटमा सुनिल वलको कर्नर किकलाई शिव श्रेष्ठले जाली चुमाउदा डोमालाल रंगशालामा रहेका करिव ७ हजार झापाली दर्शक निरास वने । यद्यपि त्यो निरासा धेरै वेर रहेन । ३० औ मिनेटमा झापाका कर्ण लिम्वुले आकर्षक गोल गर्दै खेल वरावरी पारे । खमिर गिल्सन कन्दङ्वाको पासलाई उनले सहज गोल गरे । कर्णले पुन: अर्को गोल पनि थपेका थिए । तर, रेफ्ररी लव खत्रीले अफ साइडको सिठी वजाएपछि झापाका समर्थक निरास वने । निर्धारित समयमा थ्री स्टार र झापा दुवैको गोल थप्ने प्रयत्न खेर गयो ।

झापा टिम कोच भगिरथ आले मामाले कि प्लेयर नरेन्द्रमणि लिम्वुको अनुपस्थितिका वावजुद पनि टोलीले सन्तोष जनक प्रदर्शन गरेको बताउँदै जितको श्रेय सवै खेलाडीलाई जाने प्रतिक्रिया दिए । उनले थपे,‘हामीलाई भाग्यले पनि साथ दियो ।’ झापाका स्ट्राइकर कर्ण म्यान अफ दि म्याच भए । उनले ५ हजार नगद पुरस्कार थापे । साउदी अवरको झापा ११ फ्यान क्लवले प्रतियोगिताको म्यान अफ दि म्याच प्रायोजन गरेको हो ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.