-->
चौधरी समूहले चितवनको मेघौलीमा अन्तर्राष्ट्रिय स्तरको जंगल सफारी रिसोर्ट ‘मेघौली सराइ’ सञ्चालनमा ल्याएको छ । प्रशिद्ध अन्तर्राष्ट्रिय ब्रान्ड ताज होटल्स एण्ड रिसोर्टसको ताज सफारिजले मेघौली सराइको व्यवस्थापन सम्हालेको छ ।

CG Meghauli Sarai Resort

२४ चैत, काठमाडौं । चौधरी समूहले चितवनको मेघौलीमा अन्तर्राष्ट्रिय स्तरको जंगल सफारी रिसोर्ट ‘मेघौली सराइ’ सञ्चालनमा ल्याएको छ । प्रशिद्ध अन्तर्राष्ट्रिय ब्रान्ड ताज होटल्स एण्ड रिसोर्टसको ताज सफारिजले मेघौली सराइको व्यवस्थापन सम्हालेको छ ।

ताजसँगको सहकार्यले नेपालको पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्ने विश्वास छ । उच्च गुणस्तरका पर्यटकलाई ध्यानमा राखी सञ्चालनमा ल्याइएको यो रिसोर्ट चितवन राष्ट्रिय निकुञ्जको सामिप्यमा रहेको छ । राप्ती नदी किनारमा रहेको यस रिसोर्टको प्रत्येक कोठा र सुइटबाट निकुञ्ज र त्यहाँका वन्यजन्तुको रमणीय दृश्यावलोकन गर्न सकिन्छ ।

रिसोर्टमा १३ कोठा, प्राइभेट स्वीमिङ पुलसहितको १६ भिल्ला तथा एक प्रेसिडेन्सियल सुइट गरी कूल ३० वटा कोठाहरु रहेका छन् ।

विश्वका विभिन्न स्थानमा होटल र रिसोर्ट सञ्चालन गर्दै आएको सिजी होटल्स एण्ड रिसोर्टले नेपालमा सञ्चालनमा ल्याएको यो अन्तर्राष्ट्रियस्तरको जंगल सफारी हो ।

CG Meghauli Sarai

‘नेपालमा उच्च गुणस्तरका पर्यटकको आगमनमा बृद्धि गर्न सम्भव छ भन्ने उद्देश्यकासाथ हामीले मेघौली सराइ सञ्चालनमा ल्याएका छौँ । यसले नेपालको पर्यटन उद्योगमा नयाँ आयाम थप्नेछ’ सिजी होटल्स एण्ड रिसोट्र्सका सिइओ राहुल चौधरीले भने- ‘रिसोर्टमा उच्चकोटीको सेवा सुनिश्चित गर्नका लागि अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त ताज होटल्स एण्ड रिसोटर््ससँग साझेदारी गर्न पाउँदा हामीलाई गर्व लागेको छ ।’

चौधरी समूहका कार्यकारी निर्देशक समेत चौधरीले ‘टचिङ लाइफ एभि्रडे’ को आफ्नो प्रतिबद्धता अनुसार मेघौली सराइ रिसोर्टमार्फत चौधरी समूह नेपाललाई विश्वमा माथि उठाउने प्रयासमा एक कदम अगाडि बढेको विश्वास पनि व्यक्त गरेका छन् ।

ताज होटल्स् एण्ड रिसोर्टस्का सिनियर भाइस प्रेसिडेन्ट रोहित खोसलाले विश्वमा पर्यटक गन्तव्यहरु विकास गर्नमा ताजले प्रसिद्धि कमाएको पृष्ठभुमिमा चितवनमा मेघौली सराइ सञ्चालन गर्न पाउँदा गौरवान्वित भएको बताए ।

CG Meghauli Sarai Resort 2

‘यस रिसोर्टमार्फत यहाँको समुदाय र यस क्षेत्रकै सेवामा थप योगदान गर्ने हाम्रो प्रयास रहनेछ’ खोसलाले भने- ‘ताज हस्पिट्यालिटीको सेवा नेपालमा विस्तार गर्न पाउँदा हामी हषिर्त छौं ।’

त्यसैगरी ताज सफारीकी अपरेसन डाइरेक्टर मृदुला तान्जिरालाले भारतमा पहिलोपटक सुविधापूर्ण जंगल सफारी सर्किटको स्थापना गर्दै ताज सफारीले मध्यप्रदेशमा चार जंगल सफारी लजहरु स्थापित गरेको र दीगो इकोटुरिज्म मोडेलमा आधारित यी लजहरु बाघ पाउने घना जंगलहरुमा अवस्थित रहेको बताउनु भएको छ  ।

‘यसैको नयाँ गन्तव्यको रुपमा मेघौली सराइमा हामी पर्यटकहरुलाई स्वागत गर्न तत्पर छौं’ तान्जिरालाले भनिन् ।

यो रिसोर्टमा पुग्न काठमाडौंबाट भरतपुरसम्म २० मिनेटको हवाई यात्रापश्चात ४५ मिनेटको मोटरयात्रा गर्नुपर्नेछ । काठमाडौंबाटै रिसोर्टसम्मको मोटर यात्रा करिब ५ घण्टाको रहेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा करिव ५५० प्रजातिका चराहरु र ६८ प्रजातिका बन्यजन्तुहरुको बसोबास रहेको छ । लोपोन्मुख एकसिंगे गैंडाका अतिरिक्त, रोयल बंगाल टाइगर र चितुवाहरुको बसोबास यो निकुञ्जमा रहेको छ ।

CG Meghauli Sarai Resort 3

रिसोर्टमा आउने अतिथिहरुको लागि जंगल सफारी, नौकासवारी, वन्यजन्तु अवलोकनलगायत अन्य विविध क्रियाकलापमा सहभागी हुने व्यवस्था मिलाईएको छ ।

सिजी होटल्स एण्ड रिसोर्टको साझेदार ताज होटल्स एण्ड रिसोटले भारतमा पहिलोपटक वाइल्डलाइफ सर्किटको अवधारणामा विभिन्न रिसोर्टहरु सञ्चालन गर्दै आएको छ । दीगो इकोटुरिज्म मोडेलमा सञ्चालित यी रिसोर्टहरु विश्वकै उच्चकोटीका पर्यटकहरुको रोजाइमा पर्दै आएका छन् ।

को हो चौधरी समूह ?

चौधरी ग्रुप (सिजी कर्प ग्लोबल) बहुराष्ट्रिय औद्योगीक एवं व्यापारिक समूह हो । करिव ३० देशमा उपस्थिति रहेको यो समुहअन्तर्गत १२२ कम्पनी, ७६ ब्राण्ड र करीब १०,००० कर्मचारी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आवद्ध छन् ।

यो नेपालको पहिलो अर्ब-डलर समुह हो र यसका विविध कम्पनीहरु एफएमसीजी, हस्पिटालिटी, वाणिज्य, बैंकिङ्ग, सिमेन्ट, रियल स्टेट, इलेक्ट्रोनिक्स, टेलिकम, शिक्षा, उर्जा, वायोटेक, आदि क्षेत्रमा सक्रिय छन् ।

चौधरी ग्रुपको हस्पिटालिटी कम्पनी सिजी होटल्स एण्ड रिसोर्ट्सअन्तर्गत १२ देशका ५९ ठाउँमा ७९ होटलहरु सञ्चालनमा छन् जसमा कूल ४४११ साँचोहरु (कोठाहरु) रहेका छन् । CG Meghauli Sarai Resort 4

होटलका विभिन्न ब्राण्डहरुमध्ये आफ्नै स्वामित्वका जिंक र र्फन ब्राण्डबाहेक संयुक्त लगानी तथा साझेदारीका ताज, अलिला, जेटविङ्ग, फार्मजस्ता ब्राण्डहरु पनि यो समुहसँग रहेका छन् ।

आप\mनै स्वामित्व र साझेदारीका होटलहरुमध्ये ताज एक्जोटिका रिसोर्ट्स माल्दिभ्स, ताज समुद्र कोलम्बो, द फार्म इन फिलिपिन्स, जेटविङ उलभियना श्रीलंका, र मध्य भारतमा रहेका ताज सफारी होटलहरु केही उल्लेख्य होटलहरु हुन् ।

यो क्षेत्रको विशिष्ट र विविधीकृत होटल चेनको रुपमा आफूलाई स्थापित गरेको सिजी होटल्स एण्ड रिसोर्ट्सले मेघौली सराइ चितवनसँगै विश्वस्तरीय सेवा प्रदान गर्ने आफ्नो यात्रालाई जारी राखेको छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.