बलीउडस्टार सलमान खान आफ्नो परिवारको प्रत्येक सदस्यलाई निकै माया गर्ने गर्छन । उनी आफ्नो चलचित्रको छायाँकन छोडेर समेत आफ्नो परिवारलाई समय दिने गरेको कुरा यस अघि धेरै पटक सुन्नमा आइसकेको छ । उनले परिवारलाई मात्र होइन चिनेजानेका प्रत्येक व्यक्तिलाई पनि खुबै माया गर्ने गर्छन् ।
भनिन्छ सलमानसँग जो जोडिन्छ उसको जीवनमा मात्र खुसी आउँछ । त्यस्तै एक हुन अर्पिता खान । अर्पिता सलमान खानकी बहिनी हुन् तर एउटै आमाको कोखबाट जन्मिएकी भने पक्कै होइनन् । अर्पितालाई सलमानका पिता सलिम खानले काहिँ भेटाएर ल्याएका थिए तर सलमान अर्पितालाई आफ्नो बहिनी भन्दा पनि बढि माया गर्छन त्यो कुरा त गएको बर्ष अर्पिताको बिहे हुँदा नै देखिएको थियो । हालै मात्र अर्पिताले पहिलो सन्तान स्वरुप छोरा जन्माएकी छिन् ।
यो खबर सुनेपछि चलचित्र सुल्तानको छायाँकन नै छोडेर सलमान अस्पताल पुगेका थिए । उनी दुई पटकसम्म आफ्नो भान्जा हेर्न अस्पतालसम्म पुगेको बताइन्छ । त्यहि क्रममा मंगलबार अर्पिता अस्पतालबाट डिस्चार्ज भइन् । डिस्चार्ज हुँदै गर्दा उनका दाजु सलमान खानले भान्जाका लागि भन्दै १ करोडको ‘बीएमडब्लु कार’ गिफ्ट दिएका छन् । मार्च ३० मा अर्पिताले छोरालाई जन्म दिएकी थिइन् ।
भान्जालाई सलमानको १ करोडको कार उपहार
Powered by Blogger.
0 comments
प्रतिक्रिया दिनुहोस्...