सिक्किमका मुख्यमन्त्रीलाई सिद्धिचरण पुरस्कार
काठमाडौँ: युगकवि सिद्धिचरण प्रतिष्ठानले २०७३ सालको ‘युगकवि सिद्धिचरण पुरस्कार’ सिक्किम (भारत) का मुख्यमन्त्री एवम् वरिष्ठ साहित्यकार पवनकुमार चामलिङलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानका उपाध्यक्ष प्रा डा मोहन लोहनीको अध्यक्षतामा बुधबा। बसेको कार्यसमितिको बैठकले युगकविको १०५औँ जन्मजयन्तीको अवसरमा आगामी जेठ ९ गते उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि एक लाख र सम्मानपत्र रहेको छ । उनका ‘प्रारम्भिक कविताहरु’ ९कविता सङ्ग्रहः १९७८०, ‘अन्तहीन सपनाः मेरो विपना’ (कविता सङ्ग्रहः १९८५), ‘म को हुँ ?’ (कविता सङ्ग्रहः १९९२) र ‘सिक्किम र नारीको मर्यादा’ लगायत विभिन्न कृति प्रकाशित छन् । रासस
0 comments
प्रतिक्रिया दिनुहोस्...