साँझ ८ बजे गएको लाइन राति २ बजे आउँदा आगलागी, एक करोडभन्दा बढी क्षति
कपिलवस्तु, २५ चैत । नेपाल विद्युत् प्राधिकरण तौलिहवा शाखाअन्तर्गतको विद्युत् सप्लाई गृहमा गएराति आगलागी हुँदा करिब रु एक करोडभन्दा बढीको क्षति भएको छ ।
विद्युत्भार कटौतीको तालिकाअनुसार साँझ ८ बजे गएको लाइन राति २ बजे आउँदा विद्युत् सर्ट भएर गृहमा आगो लागेको प्राधिकरणका तौलिहवा शाखाका प्रमुख नारायण अर्यालले बताउनुभयो ।
राति २ बजे लागेको आगो आज विहान ४ बजे मात्र नियन्त्रणमा आएको थियो आगलागीबाट ६ वटा प्यानल जलेर ध्वस्त भएको प्राधिकरण जनाएको छ ।
आगलागीबाट क्षति भएका कारण तौलिहवा शाखाअन्तर्गत वितरण गरिने तौलिहवा, मर्जादपुर, पकडी, जहदीपलगायत क्षेत्रमा आज र भोलि दुई दिन विद्युत् सेवा अवरुद्ध रहन सक्ने प्राधिकरणले जनाएकोछ । आगलागीका कराण विद्युत् कार्यालय वरपरका सर्वसाधारण निकै त्रसित बनेको कपिलवस्तु नगरपालिका–५ का कृष्णमुरारी गुप्ताले बताउनुभयो ।
0 comments
प्रतिक्रिया दिनुहोस्...