एनएसीको जहाजको स्टेरिङ्ग तार चुँडिएपछि.....
सुर्खेतः जुम्लामा नेपाल एयरलाइन्सको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।
जुम्लाबाट यात्रु लिएर नेपालगञ्जका लागि उड्न लागेको नेपाल एयरलाइन्सको जहाज सोमबार दिउँसो दुर्घटना हुनबाट जोगिएको हो ।
१६ यात्रु लिएर धावनमार्गमा गुडिसेको जहाजको नोज ल्याण्डिङ गेयरको स्टेरिङ्ग तार चुँडिएपछि जहाजमा समस्या आएको थियो ।
९ एनएबीयु नम्बरको कलसाइन जहाज जुम्ला विमानस्थलमा दुर्घटनाबाट जोगिएको हो ।
विमानस्थलबाट करिब पाँच सय ४० मिटर गुडेपछि उड्नै लाग्दा इन्जिनमा समस्या आएको थियो । नेपाल वायुसेवाको जहाजको स्टेरिङ्ग तार चुँडिएपछि चालकदलका सदस्यले तत्काल इन्जिन बन्द गरेर जहाजलाई रोकेका थिए ।
जुम्ला विमानस्थलका प्रमुख पवन श्रेष्ठले दिउँसो साढे १ बजे यात्रु लिएर धाउनमार्गमा गुडिसकेको जहाजमा समस्या आएको बताए । साथै उनले ठूलो दुर्घटना हुनबाट जहाज जोगिएको जानकारी दिए ।
यसअघी उक्त विमान नेपालगञ्जबाट यात्रु लिएर सोमबार नै जुम्ला विमानस्थलमा अवतरण गरेको थियो । यात्रु झारेर पुनः जुम्लादेखि नेपालञ्ंज यात्रु लिएर उड्ने क्रममा जहाजमा समस्या आएको थियो ।
इन्जिनमा समस्या आएपछि उक्त जहाजलाई विमानस्थलका नेपाल प्रहरी, शसस्त्र प्रहरी र जहाजका कर्मचारीले धकेलेर साइड लगाएका थिए ।
चालक जेके निरौलासहितको चालक दलले उक्त जहाज उडाएको थियो । अहिले जहाज विमानस्थलको छेउमा थन्काइएको छ ।
जुम्ला विमानस्थलका अनुसार मंगलबार तारा एयरको जहाजमा ड्राबोमाईक नामक सामाग्री र इन्जिनियर पुगेपछि मात्र जहाज मर्मत हुनेछ ।
चालक दलको सावधानीका कारण जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको यात्रुले वताए । उनीहरुले समयमै जहाज बिग्रेको जानकारी दिएर सुरक्षित बनाएको भन्दै चालक दललाई धन्यवाद समेत दिए ।
यसअघि उक्त जहाजमा नेपालगञ्जबाट जुम्लाका सांसद ललितजंग शाही र नेपाल बार एसोसिएनका नवनिर्वाचित केन्द्रिय सदस्य पदमबहादुर शाही जुम्ला पुगेका थिए ।
0 comments
प्रतिक्रिया दिनुहोस्...