-->
आक्रमणको बिरोधमा उत्रिए संचारकर्मी सम्बद्ध संस्थाहरु, दोषिमाथि कारबाही नगरेसम्म आन्दोलन नरोकिने

निजामति कर्मचारीको आन्दोलनको समाचार संकलनका क्रममा प्रहरीले संचारकर्मीलाई कुटेको विषयलाई लिएर संचारकर्मी सम्बद्ध संस्थाहरु विरोधमा उत्रिएका छन् । नेपाल प्रेस युनियनले सिंहदरबारको दक्षिणी ढोका नजिकै प्रदर्शन गरेको छ । प्रेस युनियन सम्बद्ध संचारकर्मीहरुले हातमा कालोपट्टि बाँधेर संचारकर्मी कविन अधिकारीमाथि भएको कुटपिटको विरोध गरेका हुन्। अनलाइनखबरकर्मी कविन अधिकारीमाथि सिंहदरबारभित्रै भएको प्रहरी आक्रमणको बिरोधमा नेपाल प्रेस युनियन काठमाडौं शाखाले सिंहदरबार अगाडि विरोध गरेका हुन्।

सिंहदरबार परिसरभित्र आन्दोलनरत कर्मचारीको तस्विर खिचेको निहुँमा प्रहरीले आइतबार संचारकर्मी अधिकारीमाथि कुटपिट गरेको थियो । प्रेस युनियन सम्बद्ध संचारकर्मीहरुले अधिकारीमाथि कुटपिटमा संलग्न प्रहरीमाथि कारवाहीको माग गरेका छन्। मुलुकको प्रमुख प्रशासनिक निकायभित्रै रिपोर्टिङका क्रममा क्यामरासहित पत्रकार कुटिएको घटनाको बिरोध गर्दै प्रेस युनियन काठमाडौंले कोणसभा समेत गरेको छ ।


DSC04279

कोणसभालाई सम्बोधन गर्दै प्रेस युनियन काठमाडौंका अध्यक्ष नकुल अर्यालले सांसद हतियारसहित संसदभवनभित्र छिर्दा कारबाही गर्न नसक्ने प्रहरीले निहत्था पत्रकारलाई क्यामरासहित रिपोर्टिङ गरिरहँदा नियन्त्रणमा लिएर कुटपिट गरेको घटना प्रहरीका लागि लज्जास्पद रहेको बताए ।


DSC04280

त्यस्तै कोणसभालाई सम्बोधन गर्दै प्रेस युनियनका महासचिव अजयबाबु सुवाकोटीले केहि दिनअहि सिंहदरबारमा पत्रकारलाई प्रबेश निषेध गर्नु र हिजो (आइतबार) सिंहदरबारभित्रै पत्रकार कुटिनु प्रहरी र गृहप्रशासनको मिलेमतोमा चरम दमन भइरहेको बताए । प्रेस युनियनले पत्रकार कविन अधिकारीमाथिको आक्रमणको निश्पक्ष छानविन गरेर दोषिमाथि कारबाही नगरेसम्म आन्दोलन नरोकिने प्रष्ट पारेको छ ।


DSC04281

रिपोर्टिङका क्रममा सिंहदरबारमा रहेका फोटोपत्रकार कविन अधिकारीलाई सिंहदरबारभित्र डिएसपी प्रजित केसी नेतृत्वको प्रहरी टोलीले नियन्त्रणमा लिएर कुटपिट गरेको थियो । उनको खुट्टामा गम्भीर चोट लागेको छ ।

DSC04282  DSC04284DSC04286DSC04287DSC04288DSC04290DSC04296DSC04298    DSC04306DSC04307

 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.