संयोग म ब्यक्ति बिशेषमा कलम चलाउँन पर्यो भने उसको केहि समय भएपनि अध्ययन आफ्नै तरिकाले गर्दछु । जसले गर्दा पाठकले खोजेका कुराहरु पस्किन सक्छु कि मेरो ध्यान त्यसैमा हुन्छ । कसैले भने भन्दैमा त्यसलाई हुबहु आफ्नो लेखनकला बनाउँन चाहन्न, सायद ममा आफ्नै लिढे-ढिपी होला कि ?
एकहप्ता धेरै नै घोत्लीन बाध्य बनायो मलाई | उनले कोरियामा गरेका महत्वपूर्ण काम जसले नेपाली र नेपाललाई चिनाउँनको लागि महत्वपुर्ण भुमिका निर्बाह गरिएका ति पथहरुलाई पछयाउँनको लागि । भर्खर ३२ बसन्त पार गरेकी ति चेली आज नेपालमा जन्मिएर त्यही स्नाकोत्तरसम्म अध्ययन गरि शिक्षण पेशालाई जबजस्त लात हानी किन कोरियालाई कर्मघर बनाउँन आईन ? उत्तर खोज्नु थियो । अनि उनका संघर्षरत जिन्दगीका पाठहरुले कोरियामा आत्महत्या गर्न तम्सिनेलाई ज्ञान अनि आत्महत्या गरेका आत्मलाई पश्चाताप हुने अपेक्षाका साथ म उनीसँग अन्र्तवार्ताका लागि तम्तयार भएर आफ्ना प्रश्नको भारी उनीमाथी बजारिरहें ।
अहिले म उनको नाम लिएर उनको बारेमा सबैलाई चिनाउँन चाहन्न जो गोप्यतामा नै रहोस् यो उनको अनुरोध भनौं या बाध्यता किनकि उनी भाबुक हुदै भन्छिन् हिजोको त्यो घटनाक्रम कसैले सम्झाईदिए पनि मलाई असहज महशुस हुन्छ ।
छ बर्षसम्म प्रेम गरें मैले, उँ सँग निस्वार्थ भाबका साथ । मेरो माईतीको थर परियार थियो, मैले ढाँटिन । उ पनि मलाई जातियताको नजरले हेर्दैनथ्यो । मैले बारम्बार उसलाई सम्झाईरहन्थ्ये, भोली मेरो कारणबाट तिमी तिम्रो परिवार अनि समाजसँग जुध्न सक्दछौ भने मात्र मलाई स्विकार गर नत्र नगर भनेर । अहँ ! उ म बिना बाँच्न सक्दिन भन्दथ्यो । उसले भन्थ्यो- ‘जस्तोसुकै समस्या सँग पनि जुध्न तयार छु ।’ म स्नातकोत्तर अंग्रेजी बिषयमा गरेकी छु । उ पढाईमा म भन्दा अली पछाडी थियो । जे भएपनि उ मेरो जिन्दगीको असली हिरो थियो । म उसलाई कहाँ छोड्न सक्थे र ? त्यैपनि म अवसर भने दिईरहन्थे । ‘कतै मेरो कारणबाट तिमीमा केहि समस्या छ भने भन’ मैले भन्थे । मेरो कुरा उ मान्न तयार थियन । मैले यहि समाजमा जिउँन अझ सहज होस् भन्ने अभिप्रायले दुबैजना अष्ट्रेलीया जाने योजनासहित अघि बढें । प्रक्रिया पुरा भएर जाने पक्का भयो ।
‘उफ छोड्दिनुस् ! आखिर सातसमुन्द्र पारि मैले कर्मघर बनाईछाड्याछु । अब बिगत खोतलेर के होला ?’ उनी भाबुक भईन । मैले ढाड्स दिदै भने- ‘असहज के का लागि ?’ एकछिनको मौनतासँगै उनले भनिन् ‘सबै प्रक्रिया पुरा गरेर अष्ट्रेलीया जाने समयमा उसलार्ई परिवारबाट दबाव आयो रे, मसँग जिन्दगी बिताउँने योजना रहेमा घरपरिवारमा आमाले आत्महत्या गर्छु भन्नुभयो रे ! सरि, तिमी र ममा जे थियो र जे भयो ति सबै भुलीदेउँ कति सजिलै भन्यो उसले ।
हुन त म मेरो रहरले परियार थरमा जन्मिएकी पनि होईन । मेरो शरिरको रगत रातो नभएको पनि होईन । आफुलाई उच्च जातको मान्नेहरुभन्दा पढाई कमि पनि थियन । तर पनि मलाई छुवाछुत र जातिय कारणले बनाईएको हिनताबोधले मैले सिकाउँने शिक्षापनि छुवाछुत होला भन्ठानेर शिक्षण पेशा त्यागें, भौतारिएं, आफुलाई चोख्याउँन तर मैले ढाँटिन । त्यैपनि मैले सकिन छुवाछुतको दुरि हटाउँन । जसले गर्दा मलाई कोरिया ल्याईपुर्यायो, त्यो चोटले । म चाहन्छु केहि गरूँ । गरेको पनि छु, सबैले भन्दछन् यहाँ नेपालकी छोरी । मलाई गर्ब पनि छ तर पश्चताप ममा धेरै के छ भने त्यहि भुमिमा छोरि बुहारी बन्ने शौभाग्य मिलेन मलाई । अनी अटाउँने ठाँउ दिएन समाजले ।
उनको यस्तो कारुणिक अभिव्यक्तिपछी खोई मैले केहि सोध्नै सकिन । मनपनि ढक्क फुल्यो । ‘म छु हजुरको लागि अबका दिनमा ।’ यदि सहयोग चाहिएमा मैले गर्न सक्ने म गर्न तयार छु, भन्नु शिबाय मैले अरु भन्न सकिन । तर म आफुलाई आफैबाट हिनताबोध भएर आयो ।
उनीसँगको अन्तर्वार्ता पछी म कोठामा आएँ, फेसबुकबाट उनको प्रोफाईल हेरे । म आफु उच्च जातको कहलिनेका तस्बिर भन्दा उनकै राम्रा थिय । म स्नातकसम्म अध्ययन गरेको छु तर उनी स्नातकोत्तर अध्ययन गरेकी छिन् । अहिले कोरियामा धेरै उनले गरेका सिर्जनात्मक कामको प्रंससा हुन्छ । हाम्रो हुँदैन ।
झलझली सम्झीरहेको छु, उनको संघर्षको ब्यथा ओकलेको अनुहारलाई । आखिर अवसर लिएर छाड्ने त्यो उच्च जातको दानवलाई भेट्न पाएपनि हुन्थ्यो नि ! मेरो मनमा कताकता खुलदुली बढीरहेको छ । त्यो रात म निदाउँन पनि सकिन । हुन त मैले नेपाल गएको मौका पारि पोखरामा रहेको मेरो घरमा आउँनको लागि निमन्त्रणा पठाएको छु, उनलाई । आज हरपल भाईबर खोलेर हेर्छु कतै उनैले त मेरो प्रस्तावलाई स्विकार गरेर त म्यासेज पठाईनन् । अनलाईन देख्छु तर प्रश्न गर्न सक्दिन ।


0 comments
प्रतिक्रिया दिनुहोस्...