अफगानिस्तानबाट छिरेर पाकिस्तान पुगेका अलपत्र तीन नेपालीलाई घर फर्काइदै
काठमाडौं, २४ चैत
अफगानिस्तानको काबुलबाट गैरकानुनीरुपमा पाकिस्तान हुँदै घर फर्कने क्रममा तीन महिनादेखि अलपत्र परेका तीन नेपाली कामदारलाई इस्लामाबादस्थित नेपाली दूतावासले उद्धार गरेर घर फिर्ता पठाएको छ।
काठमाडौ दिल्ली हुँदै काबुसम्म सञ्जाल बनाएर बसेका दलाल एकाएक सम्पर्कहीन बनेपछि र भने अनुसारको काम पाउने स्थिति नरहेपछि उनीहरु अफगान–पाक सीमा छिचोलेर घर फर्कने क्रममा थिए। तीनमध्ये विनोद र गंगाबहादुर गत जनवरी दोस्रो सातामा तोरखम नाकाबाट पाकिस्तान छिरेका थिए।
उनीहरु पाकिस्तान छिरेयता इस्लामाबादस्थित नेपाली दूतावासको संरक्षणमा थिए भने सुकबहादुर तोरखम नाका काट्दै गर्दा पाकिस्तानी सुरक्षा निकायको नियन्त्रणमा परेका थिए। पाकिस्तानी सुरक्षा निकायले ४० दिन हिरासतमा राखेपछि सुकबहादुर गत जनवरी २९ मा इस्लामावादस्थित नेपाली दूतावासमा बुझाएको थियो। कान्तिपुर दैनिकमा समाचार छ।
0 comments
प्रतिक्रिया दिनुहोस्...