-->
स्वारेज चम्किएपछि बार्सिलोना बिजयी

काठमाडौंः युर्ईएफए च्याम्पियन्स लिग अन्तरगत बुधबार बिहान भएको खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले आफ्नै देशको प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई पराजित भएको छ । 

च्याम्पियन्स लिगको अन्तिम आठको पहिलो लेगको भिडन्तमा बार्सिलोनाले घरेलु मैदान नोउ क्याम्पमा लुइस स्वारेजले दुई गोल गरेपछि एट्लेटिकोलाई पराजित गरेको हो । 

यद्यपि शुरुवाती अग्रता भने खेलको २४ औं मिनेटमा फर्नान्डो टोरेसको गोलमा एट्लेटिकोले लिएको थियो । 
डी बक्स भन्दा केही बाहिरबाट दिएको पासलाई सदुपयोग गर्दै टोरेसले बार्साका किपरलाई बिट गर्दै गोल गरेका थिए । तर त्यसपछि एन्टेनियो ग्रिजमनले खेलको ३१ औं मिनेटमा डी बक्सभित्रबाट गोल गर्ने गतिलो अवसर गुमाए । 
 
त्यसछि बार्साका लागि नेमार र मेसीले निरन्तर आक्रमण बुनेपनि गोल भएन । डी बक्समा मेसीले हानेको ओभरहेड किक पोस्ट नजिकैबाट बाहिरियो भने नेमारको प्रहार पोस्टमा लागेर फर्कियो । 

तर, खेलको ६२ औं मिनेटमा मेसीले दिएको पासलाई डी बक्सभित्रबाट जोर्डी अल्बाले स्वारेजलाई दिएपछि उनले सजिलै गोल गर्दै खेललाई बराबरीमा फर्काए । 

त्यसपछि खेलको ७३ औं मिनेटमा एट्लेटिकोको डी बक्स नजिकै उत्कृष्ट सर्ट पास खेल्दै बार्साले गोल ग¥यो । डी बक्सको दायाँ साइडबाट उचाईँमा आएको बललाई हेडबाट गोल गर्दै स्वारेजले २–१ को अग्रता दिलाए । 
त्यसपछि दुबै टीम गोल गर्न नसकेपछि बार्साले २–१ को जित निकाल्यो । यी दुईबीचको दोस्रो लेगको खेल अब एट्लेटिकोको घरेलु मैदानमा हुनेछ । 

बुधबार बिहानै भएको पहिलो लेगको अर्को खेलमा जर्मन महारथि बायर्न म्युनिखले पोर्चुगलको बेन्फिकामाथि १–० को कठिन जित निकाल्यो । 

घरेलु मैदान एलियान्ज एरिनामा भएको खेलमा बायर्नलाई जिताउन खेलको दोस्रो मिनेटमा गरेको गोल नै पर्याप्त भयो । बायर्नका लागि खेलको दोस्रो मिनेट अट्र्युरो भिदालले जुआन बर्नटको पासमा गरेको गोल नै निर्णायक बन्यो । 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.