सैन्य लगानीको १० प्रतिशत मात्र कटौती गर्दा पनि विश्वमा कोही हुँदैनन् गरिव ,
अमेरिकाले खर्च घटायो ।
स्टकहोम । विश्वभरीका सेना तथा हतियारमा जति खर्च हुन्छ त्यसको १० प्रतिशत मात्र खर्च गर्दा पनि विश्वभरीबाट गरिवी हटेर जाने अनुसन्धान सार्वजनिक भएको छ । विश्वको सैनिक खर्च गत बर्ष एक प्रतिशत वढेको छ जुन विगत चार बर्षयताकै पहिलो वढोत्तरी हो ।
स्टाकहोमको एक रिसर्च प्रतिस्ठानले गरेको अध्ययनले गरिवी हटाउन खर्च कटौति गरे मात्र पनि सम्भव हुने प्रतिवेदन सार्वजनिक गरेको हो । दि स्टाकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युट (एसआइपिआरआइ) का अनुसार, गएको बर्ष विश्वको सैनिक खर्च १.७ लाख करोड अमेरिकी डलर थियो । यसमध्ये अमेरिकाको खर्च मात्र केही घटेको देखिन्छ । उसले गत बर्ष सैनिक खर्चमा २.४ प्रतिशत कम खर्च गरेको थियो । अमेरिकाले सैन्य क्षेत्रमा ५९६ अर्ब डलर खर्च गरेको थियो, तैपनि अमेरिका सबैभन्दा वढी सैन्य क्षेत्रमा खर्च गर्ने देशको सुचीमा एक नम्बरमा छ ।
दोस्रो स्थानमा २१५ अर्ब डलर खर्च गर्ने चीन छ । तेस्रो नम्बरमा साउदी अरब, चौथोमामा रुस र पाँचौमा वेलायत छ ।
एसआइपिआरआइका अनुसार, विश्वभरीका देशहरुले आफ्ना सैन्य वलमा गर्ने कुल खर्च विश्वको जिडिपिको २.३ प्रतिशत हुन आउँछ । सैन्य वलमा गरिने कुल खर्चको १० प्रतिशत मात्र संयुक्त राष्ट्र संघको २०३० सम्म गरिवी निवारण गर्ने लक्ष्यमा खर्च गरिने हो भने सन्सारमा कोही पनि गरिव ब्यक्ति रहँदैन ।
एसआइपिआरआइका गरिवी योजनाका अध्यक्ष सेमपर्लो फ्रिम्यानले रोयटर्ससँग कुराकानी गर्दै भनेका छन्- हामीले तयार गरेको प्रतिवेदनले विश्वभरीका जनता र सरकारको दृष्टिकोण परिवर्तन गर्न सहयोग पुर्याउन सक्छ । सैन्य वलमा गरिने खर्चबाट के के गर्न सकिन्छ भनेर हामीले बताउन खोजेका छौं ।
उनले सार्वजनिक भएको प्रतिवेदनले विश्वमा नयाँ वहस छेड्ने दावी गर्दै भने- हामीले एउटा दृष्टिकोण दिएका हौं । यसलाई सरकारहरुले मान्छन् भन्ने लाग्दैन ।
0 comments
प्रतिक्रिया दिनुहोस्...