-->
ट्राफिक नियम पालना गराउन बुलेट मोटरसाइकलमा ट्राफिक प्रहरी

काठमाडौं-उपत्यकाका सडकमा सवारी नियम उल्लंघन गरेर भाग्दै हुनुहुन्छ ? सडकका मुख्य चोकमा ट्राफिक प्रहरी छैनन् भन्दै नियमविपरित सवारी हाँक्दै त हुनुहुन्न ? त्यसो हो भने अब सचेत रहनुहोला। 


किनकी तिव्र रफ्तारमा गुड्ने मोटरसाइकलमा रहेका ट्राफिक प्रहरीको फन्दामा जुनसुकै बेलामा पनि पर्न सक्नुहुने छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले अबदेखी सडकमा नियम उल्लंघन गर्ने र भाग्ने चालकलाई नियन्त्रणमा लिई कारवाही गर्न मोटरसाइकल विशेष इकाइ परिचालन गर्ने भएको छ।

'सुरक्षाको लागि तपाईको, गति बढ्दै हाम्रो...' भन्ने नाराका साथ महाशाखाले उपत्यकाका सडकमा १७ वटा तिव्र रफ्तारमा दौडने मोटरसाकइलको व्यवस्था गरेको छ । महाशाखा प्रमुख डिआइजी प्रकाश अर्यालका अनुसार ट्राफिक नियमको प्रभावकारी कार्यान्वनका लागि तालिम प्राप्त चालकसहितको मोटरसाइकल विशेष इकाई बनाइएको हो ।

'यि मोटरसाइकलहरु मुख्य मुख्य चोकहरुमा स्ट्यान्डबाई रहेका हुन्छन्,' उनले भने, 'कसैले नियम उल्लंघन गरेर भाग्यो वा ट्राफिक प्रहरी छैन भन्दै आँखा छलेर नियम उल्लंघन गर्यो भने मोटरसाइकलमा रहेको चालकले नियम उल्लंघन गर्नेलाई तत्कालै कारवाहीको दायरामा ल्याउने छ ।'

डिआइजी अर्यालका अनुसार महाशाखालाई रोयल इन्फिल्ड मोटरसाइकल प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको हो। महाशाखाले २५ वटा मोटरसाइलको माग गरे पनि प्रधान कार्यालयले पहिलो चरणमा १७ वटा मात्र उपलब्ध गराएको छ। 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.