-->
नेपाल एलपी ग्यास उद्योगले उपभोक्तालाई दियो खुशीको खबर

२९ चैत, काठमाडौं ।

ग्यास वितरण प्रणाली उपभोक्तमुखी नभएको गुनासोबीत ग्यास उद्योगीले उपत्यकामा नयाँ तरिकाले ग्यास बेच्ने भएका छन् ।

आयत बढे पनि सर्वसाधारणले नपाएको भन्दै आलोचित भएपछि उद्योगीले उपत्यकाका ती जिल्लालाई क्षेत्रगत विभाजन गरेर सबै ग्रहकलाई एकैपटक भाग पुग्ने गरी वितरण गर्ने योजना बनाएका हुन् ।

नेपाल एलपी ग्यास उद्योग संघको पहलमा भक्तपुर, ललितपुर र काठमाडौंका क्षेत्र विभाजन गरेर २७ कम्पनीको ग्यास एकैपटक विक्री गर्ने तयारी छ ।

सोमबार भक्तपुरबाट सुर हुने यो अभियान अन्तर्गत एक सातामा राजधानीका सबै उपभोक्ताले एकपटक ग्यास पाउने व्यवस्था मिलाएको संघका अध्यक्ष शिव घिमिरेले बताए । नागरिक देनिकमा समाचार छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.