-->
बस दुर्घटनामा २२ जनाको मृत्यु, १५ पुरुष र ७ महिला, २३ घाइतेलाई काठमाडौं ल्याइयो

दिक्तेलबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस अर्खौलेको बर्खेटारमा दुर्घटना हुँदा चालकसहित २२ जनाको मृत्यु भएको छ, भने ३२ जना घाइते भएका छन् ।

मृत्यु हनेमा ७ जना महिला र १५ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।  अहिले घटनास्थलमा मृत्यु हुनेहरुको सनाखत गर्न लागिएको जनाइएको छ ।
२३ जना घाइतेलाई करिब १५ मिनेट अगाडि सेनाको हेलिकप्टरमार्फत उपचारको लागि काठमाडौं ल्याइएको छ । बाँकी ७ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ, भने २ जनालाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.