-->
परीक्षामा पास गराईदिनु भन्दै उत्तरपुस्तिकामा ५० र १०० का नोट

विद्यार्थी जीवनमा विद्यार्थीहरुले आफूलाई कुनै न कुनै रुपमा सिर्जनात्मक बनाइरहेका हुन्छन् । पठनपाठनका सट्टा विभिन्न अतिरिक्त क्रियाकलापमा धेरैजसो विद्यार्थीको रुची हुन्छ । 
 
स्कूलको समयमा खेलकुद र अन्य क्रियाकलापमा रमाउने विद्यार्थी परीक्षा सुरु भएपछि फेल हुने हो नि भन्ने तनावमा हुन्छन् ।  यस्तै तनावमा रहेपनि उनीहरुको अर्को रचनात्मक कार्य बनेको छ भारतमा उत्तर प्रदेशमा ।
 
उत्तरप्रदेशको हाई स्कूल तथा प्रविणता प्रमाणपत्र तहको परीक्षा भर्खरै सम्पन्न भएको छ ।  उक्त परीक्षाको उत्तरपुस्तिका जाँच्ने काम भइरहेको छ । उत्तरपुस्तिका जाँच्ने शिक्षकहरु विद्यार्थीको नयाँ सिर्जनात्मक कामबाट चकित भएका छन् । 
विद्यार्थीले आफ्नो उत्तरपुस्तिकामा पैसाको नोट राखेर आफूलाई जसरी पनि परीक्षामा पास गराई दिन आग्रह गरेका छन्  । उत्तरपुस्तिका जाँच र्दा कन्नौजको बाँकेलाल बिहारी इन्टर कलेजका छात्राहरुले कापीमा ५०, १०० र ५०० भारतीय रुपैयाँका नोट राखेर आफूलाई पास गराउन आग्रह गरेका छन् । 
 
बिहेका लागि पास गराउन आग्रह
 
उत्तरपुस्तिका जाँच गर्ने शिक्षकलाई विद्यार्थीले परीक्षामा पास नभएकाले आफ्नो विवाह रोकिएको भन्दै विवाहका लागि भएपनि पास गराउन माग गरेका छन् । उनीहरुले शिक्षकलाई सम्बोधन गर्दै परीक्षामा पास गराएर विवाहको वातावरण मिलाइदिन माग गरेकी छन् । 
 
त्यस्तै नगद नोट राखेर विद्यार्थीहरुले आफूलाई पास गराउने शिक्षकको उमेर १०० वर्ष भन्दा बढी हुने बताएका छन् । कसैले तपाईंको खुट्टा ढोग्छु भन्दै चिठ्ठी पनि लेखेका छन् । 
 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.