झापाद्वारा रुपन्देही पराजित
बैशाख १, पोखरा ।
रमपम झापा ११ ले मनकामना केवलकार पोखरा कप फुटवलमा विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा रुपन्देही ११ लाई ३–१ गोल अन्तरमा पराजित गर्दै झापा क्वाटरफाईलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएपनि दोस्रो हाफमा झापाले उत्कृष्ट पुनरागमन जनाएको थियो । खेलको ३२ औं मिनेटमा कर्ण लिम्बुको गोलबाट झापाले अग्रता लिएपनि ४२ औं मिनेटमा दोण थापाले रुपन्देहीका लागि बराबरी गोल फर्काएका थिए ।
खेलको अन्तिम ५ मिनेट भित्र झापाले २ गोल गरेपछि रुपन्देही पहिलो चरणबाटै बाहिरिन बाध्य भयो । झापाको जितमा ८६ औं मिनेटमा देवेन्द्र तामाङ र अतिरिक्त समयको पहिलो मिनेटमा दिलेन लोक्तामले गोल गरे ।


0 comments
प्रतिक्रिया दिनुहोस्...