गर्भवती श्रीमतीसंग श्रीमान्ले बढी समय बिताए बच्चा स्वस्थ
श्रीमती गर्भवती भएपछि तपाई कत्तिको श्रीमतीस“गै बस्ने गर्नु भएको छ रु कामको व्यस्तताले गर्भवती श्रीमतिलाई समय दिन त सक्नु भएको छैन रु त्यसो हो भने अब देखि गर्भवती श्रीमतीलाई बढी समय दिने गर्नुहोस । श्रीमती गर्भवती रहेको अवस्थामा बढी भन्दा बढी समय श्रीमतीसँग बिताउनेको बच्चा स्वस्थ्य जन्मने एक अध्ययनले देखाएको छ ।
अष्ट्रेलियाको युनिभसिर्टी अफ अकल्याण्डले गरेको एक अध्ययनमा गर्भवती महिलाहरुले आफ्नो श्रीमतीसंग बढीभन्दा बढी समय बिताएको खण्डमा अन्य बच्चाहरुको तुलनामा बढी स्वस्थ जन्मिने तथ्य पत्ता लगाएको छ । पहिलो पटक आमा बन्दै गरेका २ हजार ५ सय ७ जना महिलाहरुमा गरिएको सो अध्ययनले यो कुराको पुष्टी गरेको हो ।
अध्ययनले गर्भवती श्रीमतीसग लामो समयसम्म सङ्गत गर्नेहरुका सन्तान आमाको पेटभित्र स्वाभाविक विकास भएको पाइएको थियो । गर्भावस्थाका महिलाहरुलाई हुने उच्च रक्तचापको समस्या पनि कम देखिएको थियो भने बच्चाको सामान्य विकासमा पर्ने कुनै पनि समस्या त्यहा“ देखिएन । तर पिताको सङगत नपाएका बच्चाहरुको स्वाभाविक विकास क्रम देखिएन । यस्का साथै गर्भवती अवस्थामा श्रीमानसंगै नवस्ने महिलाहरुलाई विभिन्न किसिमका तनाव हुने र ती तनावले सन्तानलाई असर पारेको पनि अध्ययनले देखाएको थियो ।
रिप्रोडक्टिभ इम्युनोलजीमा प्रकाशित उक्त अध्ययन प्रतिवेदनले पुरुषहरुलाई स्वस्थ्य बच्चाका लागि बढी भन्दा बढी समय श्रीमतीसँगै बस्न सुझाव दिएको छ । -एजेन्सि

0 comments
प्रतिक्रिया दिनुहोस्...