लेनिनको शव राख्न रुसले दुईलाख डलर खर्चने
एजेन्सीः रुसका कम्युनिष्ट नेता ब्लादीमिर लेनिनको शव संरक्षणका लागि यो वर्ष रुसले दुई लाख डलर खर्च गर्ने भएको छ ।
रुसको स्टेट प्रोक्योरमेन्ट एजेन्सीको वेभसाइटका अनुसार लेनिनको शवलाई उक्त रकम खर्च गरे जीवित जस्तै गरी राखिनेछ ।
बायोमेडिकल तरिकाले लेनिनको शवलाई संरक्षण गरेर राख्न एक एजेन्सीको खोजी गरिएको छ ।
रुसी बायोमिेडिकल टेक्नोलोजी रिसर्च एन्ड ट्रेनिङ सेन्टरले सन् १९२४ देखि संरक्षण गरिरहेको छ । उनको शव जनताले देख्न सक्ने गरी मस्कोको रेड स्क्वेयरमा राखिएको छ ।
अहिले सोवियत संघसँग छुट्टिएपछि लेनिनको शवलाई जलाउने माग उठेको छ ।
एक अनलाइन सर्वेक्षण अनुसार ६२ प्रतिशत मानिसले लेनिनको उचित सम्मानका साथ जलाउने पक्षमा छन ।
उनको शवलाई संरक्षण गर्नका लागि लाग्ने पैसाको विषयलाई लिएर अहिले सामाजिक सञ्जालका कुराकानी तथा टिक्का टिप्पणी हुने गरेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...