-->
बोको हराम विद्रोहीबाट अपहरित बालिकाहरु ‘जिवितै’ हुनसक्ने

इस्लामवादी समूह बोको हरामले नाइजेरिया सरकारलाई पठाएको एउटा भिडियोले दुई बर्षअघि चिबोक शहरबाट बन्धक बनाइएका २ सय ७६ बालिका मध्ये केही अझै जीवितै रहेको देखाएको छ।

क्रिसमसको दिन खिचिएको उक्त भिडियो सिएनएन समाचार संस्थाले प्रसारण गरेको छ जसमा कालो बुर्का लगाएका १५ जना केटीहरु देखिन्छन्।

सन् २०१४ को मे महिनामा एक बन्दी हस्तान्तरण गर्न माग गर्दै बोको हरामले १ सय भन्दा बढी महिलाको फुटेज सार्वजनिक गरेपछि बाहिर आएको त्यो पहिलो भिडियो हो।

प्रयास

दुई बर्ष बितिसक्यो तर नाइजेरियाको विद्यालयबाट बोको हराम समूहले बन्धक बनाएका मध्ये तत्कालै भागेका केही छात्रा बाहेक अन्य एक जना पनि फेला परेका छैनन्।

Image copyrightGetty

विद्यालयबाट बन्धक बनाइएका ती बालिकालाई खोज्न मद्दत गर्ने प्रतिबद्धता अन्तर्राष्ट्रियस्तरबाट व्यक्त गरिएको थियो।

उक्त घटनाको २३ दिनपछि ब्रिटेनका प्रधानमन्त्री डेविड क्यामरनले संसदमा उभिएर छात्राहरु फिर्ता ल्याउन मद्दत गर्ने बताएका थिए।

अमेरिकी प्रथम महिला मिसेल ओबामाले पनि त्यस्तै प्रतिबद्धता जनाइएकी थिइन्।

त्यस बेला सत्तामा रहेको नाइजेरियाको सरकारले उक्त अपहरणलाई खासै वास्ता नगरेपछि ‘ब्रिंग ब्याक आवर गर्ल्स’ अर्थात ‘हाम्रा बालिका फिर्ता ल्याउ’ भन्ने सन्देश सामाजिक संजाल ट्विटरमा जताततै लेखिएको थियो।

मद्दत

Image copyright

ब्रिटेन, अमेरिका र फ्रान्सले हतियारविहीन गुप्तचर विमानहरु पठाएर संकलन भएका सुचना नाइजेरियाली सरकारलाई पनि उपलब्ध गराएका थिए।

हवाई निरिक्षणका क्रममा केही हप्तापछि केही सम्भावित चिबोक छात्रा सहित ८० जना व्यक्ति देखिएका थिए र त्यसबारेको नाइजेरियालाई जानकारी गराइएको थियो।

तर निक्कै कठिन भएकाले ठूलो संख्यामा बन्धक बनाइएका छात्राहरु छुटाउन फौजी कारबाही चलाइएको छैन्।

संसदमा निर्वाचित एक जना नाइजेरियाली वार्ताकार सेहु सानीले परिणाम निकाल्ने हो भने बोको हरामसँग गोप्य रुपमा वार्ता गर्नुपर्ने बीबीसीलाई बताए।

चिबोक छात्राको अपहरणपछि बोको हराम समूहले सयौँ गैरसैनिकहरुलाई अपहरण गर्ने भूभाग कब्जा गर्ने लगायतका काम गरेका छन्।

सन् १९७० र १९८० को दशकमा क्षेत्रिय शक्तिको रुपमा कहलिएको नाइजेरियाको सेना पनि पहिलेभन्दा निकै कमजोर देखिन्छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.