-->
कांग्रेस सभासद्ले आईजिपी अर्याललाई फोन गरेर छाड्दिन भनेपछि…

काठमाडौं–‘हामी को हो चिनिनस् ?’ बा ६५ प ९९१४ नम्बरको निलो पल्सर बाइकका चालक माइतीघरमा ट्राफिक प्रहरी जवान लक्ष्मी लामाथि खनिए । ती चालक त्यतिमा मात्रै रोकिएनन् र लामाप्रति अझै आक्रमक बने,’बढी हुने होइन,जागिरसमेत खाइदिउँला ।’

चालक रोकिएका मात्रै के थिए, सोही मोटरसाइकलको पछाडि रहेकी महिला ट्राफिक प्रहरीलाई गाली गर्न तम्सिइन्,‘ म सांसद हुँ, सांसदलाई सडकमा रोक्ने तँ को होस् रु’

तब ट्राफिक जवान लामा निरीह देखिइन् । तर, अर्की ट्राफिक प्रहरीले लेन मिचेका ती चालकलाई रोकेर साँचो खोसिन् ।

मोटरसाइकलको पछाडि रहेकी महिलाले ट्राफिकको विरोध गर्दै तत्काल प्रहरी महानिरीक्षक उपेन्द्रकान्त आर्याललाई फोन गरेर छाड्दिन भनेकी थिइन् । त्यसपछि महानिरीक्षक अर्यालले ट्राफिक महाशाखाबाट यसबारे जानकारी लिएका थिए। त्यसबेला अपराहृन तीन बजिसकेको थियो ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.