नयाँ दिल्ली, भारत, २९ चैत । युक्रेनस्थिन एक मेडिकल कलेजमा अध्ययनरत् भारतीय विद्यार्थीमाथि आक्रमण हुँदा दुई जनाको मृत्यु भएको सोमबार भारतीय विदेशमन्त्री शुष्मा स्वराजले बताउनुभएको छ । घटनामा एक जना अन्य विद्यार्थी घाइते भएका छन् ।
“हाम्रा दुई विद्यार्थी प्रणय सान्धिल्य र अंकुर सिंहमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण हँुदा युक्रेनमा उनीहरुको आइतबार मृत्यु भएको दुःखद खबर आएको छ,” स्वराजले भन्नुभयो । सान्धिल्य मुजफ्फरपुर र सिंह गाजियाबादबाट चिकित्सा विज्ञान अध्ययनका सिलसिलामा युक्रेन पुगेका थिए । घटनामा आग्राका इन्द्रजित सिंह चौहान घाइते भएका छन् ।
युक्रेनस्थिन भारतीय राजदूतावास युक्रेनी अधिकारीको सम्पर्कमा रहेर घटनाबारे अनुसन्धान जारी राखेको स्वराजले बताउनुभयो ।
उज्गोरोड मेडिकल कलेजमा एमबीबीएस तेस्रो र चौँथो वर्षमा युक्रेनमा अध्ययनरत् उनीहरुलाई युक्रेनी तीन नागरिकले बिहानको समयमा आक्रमण गरेका थिए ।
उनीहरुमाथि किन आक्रमण गरिएको थियो भन्नेबारे छानबिन भइरहेको स्वराजले बताउनुभयो । (पीटीआई)


0 comments
प्रतिक्रिया दिनुहोस्...