नेपाली क्रिकेटले नयाँ वर्षको सुरुवातमानै घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउदैछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले घरेलु मैदानमा नामिवियासग प्रतिस्पर्धा गदैछ । यस खेलमा नेपाली टोलीको तर्फबाट तीन जना नयाँ अनुहारले आफ्नो योग्यताको परीक्षा दिदैछन् ।
विहीबार घोषणा भएको कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्ल सहितको टोलीमा तीन नयाँ खेलाडीले स्थान बनाएका छन् । सिनियर टिमले पछिल्लो एक वर्ष लगातार खराव प्रदर्शन गर्दा निराश बनेका नेपाली क्रिकेट प्रेमीहरु सन् २०१६ को सुरुमै युवा क्रिकेटरहरुको प्रदर्शनबाट राहतको महसुस गरे । यही प्रदर्शनको आधारमा टोलीमा यू–१९ टोलीबाट सुसन भारी, राजु रिजाल र सन्दीप लामिछाने स्थान बनाए । अण्डर नाइन्टिन विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर सनसनी मच्चाउन सफल बलर सन्दीप लामिछानेले पनि राष्ट्रिय टोलीमा स्थान पाएका छन् । नयाँ वर्ष सगै सम्पुर्ण नेपाली क्रिकेट प्रेमिको ध्यान उनीमाथि केन्द्रित हुन पुगेको छ ।
१९ वर्षमुनिको विश्वकपको ६ खेलमा १४ विकेट लिएर चर्चा बटुलेका सन्दिप लामिछाने पनि नामिबियासँगको खेलका लागि नयाँ अनुहार हुन् । सन्दिपले त्यसबेला आयरल्याण्डविरुद्धको खेलमा ह्याट्रिक गर्दै पाँच विकेट लिएका थिए । उनले अन्डर १९ टोलीबाट बङगलादेशमा भएको आईसीसी अन्डर १९ विश्वकप क्रिकेटबाट आयरल्याण्ड विरुद्ध ह्याट्रिक गर्ने पहिलो नेपाली बलर हुन् । उनले १० ओभर बलिङ गरेर २७ रन खर्चेर ह्याट्रिक सहित ५ विकटे लिएका कारण सोही प्रदर्शन सन्दीपका लागि राष्ट्रिय टोलीका लागि सजिलो खुड्किलो बन्यो । उनी एउटै खेलमा पाँच विकेट लिन पहिलो नेपाली खेलाडी समेत बनेका थिए । यस्तै अर्को नया अनुसार अन्डर १९ वर्षमुनिको टोलीका कप्तान राजु रिजाल । उनको कप्तानीमा नेपालले १९ वर्षमुनिको विश्वकपमा नेपालले सम्झन लायक प्रदर्शन गरेको थियो । त्यस्तै यो टिमको लागि नयाँ अनुहारमा आशा गरीएको अर्का खेलाडि हुन् सुशन भारी । कडा मेहनतका कारण उनले राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । यी तीन नयाँ अनुहारले राष्ट्रिय टोलीबाट खेल्दै आएका सुवास खकुरेल, प्रदिप ऐरी र अविनास कर्णलाई पछि पार्दै टोलीमा स्थान बनाएका हुन । नेपाल र नामिबियाबीचको खेल आगामी वैशाख ४ र ६ गते कीर्तिपुर मैदानमा हुनेछ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...