प्रमबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास
पोखरा, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्नुभयो । पोखरा उपमहानगरपालिका– १४, १५ र १८ वडास्थित छिनेडाँडामा रहने सो विमानस्थलले तीन हजार सात सय पैँतीस रोपनी जग्गा ओगट्ने छ ।
चीन सरकारको सहयोगमा बन्ने नेपालको सो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल चार वर्षभित्र निर्माण गरिने राष्ट्रिय गौरवको आयोजना हो । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र नेपाललाई विश्व समक्ष अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडेको छ । -


0 comments
प्रतिक्रिया दिनुहोस्...