वैशाख १, २०७३- ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ भएको खुल्ला धनगढी हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीका धावक गोपीचन्द्र पार्कीले जितेका छन् । उनले १ घण्टा ९ मिनट ३५ सेकेन्डमा २१.१ किलोमिटरको दौड पार गरेका हुन् । हाफ म्याराथनको पुरस्कार राशी ५१ हजारको नगद र मेडल लिएका छन् ।
नयाँ वर्षको अवसरमा धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक लालबहादुर थापा र खगेन्द्र भाट क्रमश: दोस्रो र तेस्रो भए । दोस्रो र तेस्रो हुनेले क्रमश: २५ हजार र १५ हजार नगद र मेडल पाएका छन् ।थापाले १ घण्टा ९ मिनट ३६ सेकेन्डमा र भाटले १ घण्टा १० मिनेटमा दौड पूरा गरेका थिए । सशस्त्रका लक्ष्मण मल्ल चौथो भए ।
प्रतियोगीहरुले धनगढी रंगशालाबाट गेटा हँुदै रंगशाला पुगेर दौड पूरा गरेका थिए । धनगढीका करिब १ हजार युवा दौडमा सहभागी भएको आयोजकले बताएको छ ।
यस बर्ष दौडका साथै अन्य विधामा पनि प्रतियोगिता आयोजना गरिएको थियो । पाँच किलोमिटरको ट्राईसाईकल दौडमा हरि कुमाल पहिलो, सुरज लाल दोस्रो र रामचन्द्र जैशी तेस्रो भएका छन् ।
त्यसैगरि कर्पाेरेट मिडिया प्रतियोगिता ५ किलोमिटर दुरीको दौडमा प्रथम झलक दौत्याल, द्धितिय निर्मल लम्साल र तेस्रो गोविन्द बानिया भए ।
धनगढी हाफ म्याराथनको उपाधि सशस्त्रका धावकलाई
Powered by Blogger.


0 comments
प्रतिक्रिया दिनुहोस्...