-->
महिला समुहले ठूलो लगानीमा बेमौसमी तरकारी खेती

 नेपालगञ्ज २४ चैत्र ।
बाँकेको मनकामनापुरमा महिला समुहले ठूलो लगानीमा उन्नत प्रविधिद्धारा बेमौसमी तरकारी खेती गर्ने भएका छन । ९० लाख ९४ हजार बढिको लगानी सहित बेमौसमी तरकारी खेती गरिन लागिएको हो । मनकामना ताजा तरकारी उत्पादन महिला कृषक समुहका अध्यक्ष खीमा कँडेलका अनुसार ६३ वटा प्लाष्टिक टर्नेलमा खेती गरिने छ । उन्नत प्रविधिद्धारा बेमौसमी तरकारी खेती गर्न लागेका महिला कृषकहरुले भेडे खुर्सानी, टमाटर, काँक्रालगायत अन्य लहरेबाली लगाउने छन ।


समुहलाई साना तथा मझौला कृषक आयस्तर परियोजनाले ४६ लाख ६९ हजार अनुदान रकम सहयोग गर्ने र कृषक समुह स्वयमले ४४ लाख ६९ हजार बढि लगानी गर्ने कँडेलले बताउनुभयो । परियोजनाबाट अनुदान पाए पनि नपाए पनि उन्नत प्रविधि अप्नाएर व्यवसायिक तरकारी खेतीगर्ने समुहले निर्णय समेत गरेको छ । २१ सदस्य रहेको महिला कृषक समुहले हाल व्यवसायिक रुपमै तरकारी खेतीलाई जोड दिँदै आएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.