-->
कुखुरा मरेको निहुँमा मजदुर हत्या गर्ने मालिकमाथि कर्तव्य ज्यान मुद्दा

बर्दिबास – कुटपीट गरेर मजदुरको हत्या गर्ने एक व्यक्तिमाथि इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीले कर्तव्य ज्यानको मुद्दा चलाएको छ । कुखुरा फार्मका सञ्चालक पबन बस्नेतले मंगलबार विजुलिया सदामाथि कुटपिट गरेका थिए ।

‘तैले मेरो कुखुरालाई पानी नखुवाएको कारण मेरो कुखुरा म¥यो’ भन्दै बस्नेतले कुटपीट गरेको प्रहरीले जनाएको छ । साहुको कुटपीटबाट गम्भीररुपमा घाइते भएका महोत्तरी जिल्लाको हात्तिलेट–२ का २६ वर्षीयसदा शनिबार मृत्यु भएको हो ।

बस्नेतलाई शनिबार पक्राउ गरेर प्रहरीले आइतबार जिल्ला अदालत जलेश्वर महोत्तरीबाट ७ दिनको म्याद लिएर अनुसंन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी शालिग्राम शर्माले बताए ।
‘दोषीले आफुले गरेको अपराध स्वीकार गरिसकेको छ,’ डिएपी शर्माले भने,‘ चार—पाँच दिनमा पोष्टमार्टमको रिपोर्ट आउँछ, त्यसपछि थप हत्याको थप कारणहरु खुल्छ ।’ सदाको मृत्युपछि बस्नेत फरार भएका थिए ।

DSC08512


गरिब र कमजोर आर्थिक अवस्था भएका सदालाई घरेलु काम गर्ने नोकरी दिएका सोही ठाउँ बस्ने बस्नेतले गत मंगलबार निकै अक्रामक भएर अन्धाधुन्ध कुटपीट गरेका थिए ।
निर्धन र आश्रित कामदारलाई कुटपीट र गालीगलौज गर्ने कुरालाई सामान्य र हैकमको प्रतीक मानिने स्थानीय समाजमा घटना भइरहँदा कसैले प्रतिकार गरेनन् ।
बस्नेतले सञ्चालन गर्दैआएको कुखुरा फर्ममा काम गरेर गुजारा गर्दैआएका सदालाई कुकुरालाई पानी ल्याएर नखुवाएको भन्दै बस्नेतले कुटपीट गरेको बताइएको छ । बस्नेतले रक्सी सेवन गरेर आएको पवनले विजुलियालाई मरणासन्न हुने गरी कुटपीट गरेका थिए ।
कष्टपूर्ण शारीरिक श्रम गरेर गुजारा चलाउँदै आएका विजुलिया सुकुम्बासी हुन् । रातु खोलाको बगरमा एउटा सानो झुपडीमा उनी जहानसहित बस्दै आएका थिए ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.