उत्तर कोरियाले पुनः अर्काे शक्तिशाली आणविक परीक्षण गर्नसक्ने सङ्केत प्राप्त भएको दक्षिण कोरियाली सञ्चारमाध्यमले बिहीबर जनाएका छन् । ती सञ्चारले दिएको जानकारीअनुसार उत्तर कोरियाले शुक्रबारै यस्तो परीक्षण गर्ने जनाएका छन् ।
गएको केही समययता आणविक परीक्षणका कारण विवादमा पर्दै आएको उत्तर कोरियाले फेरिपनि अर्काे मध्यमदुरीको परीक्षण गर्न लागेको सूचना प्राप्त भएको दक्षिण कोरियाले बिहीबार मात्र जनाएको थियो ।
दक्षिण कोरियाली सञ्चारमाध्यमले दिएको जानकारी अनुसार शुक्रबार उत्तर कोरियाली संस्थापक राष्ट्रपतिको जन्मोत्सव परेकोले सोही अवसरमा शुक्रबारै अर्काे परीक्षण हुन सक्दछ ।
उत्तर कोरियाका विरुद्धमा पछिल्लो समयमा अमेरिका तथा संयुक्त राष्ट्रसङ्घले नै लगाएको नाकाबन्दीका विरुद्ध फेरि उसले केही हप्तामात्र अघि अर्काे परीक्षण गरेको थियो ।
बुधबार मात्र पनि यस्तो कुनैपनि परीक्षणका विरुद्धमा आपूmहरु तयारी अवस्थामा रहेको दक्षिण कोरियाले जानकारी दिएको थियो ।
उत्तर कोरियाले दुई हप्तामात्र अघि पनि यस्तै व्यालेस्टिक परीक्षण गरेको र त्यसअघिको तयारी थाहा पाएको भन्दै यतिखेर पनि उसले गरेको तयारीको बारेमा थाहा भएको सञ्चारमाध्यमले जनाएका छन् ।
उत्तर कोरियाले गएको फेब्रुअरी ६ मा गरेको लामो दुरीको रकेट परीक्षणपछि पनि फेरि उत्तर कोरियाले अर्काे व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ ।
उत्तर कोरियाले बिहीबार मध्यम दुरीको ब्यालेस्टिक क्षेप्यास्त्रको तयारी गरिरहेको र त्यो शुक्रबारै गर्न सक्ने जानकारी दक्षिण कोरियाली मिडियाले जनाएका छन् ।
फेब्रुअरीको यस्तो परीक्षणपछि माफी मागेर अबदेखि त्यसो नगर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गर्नुपर्ने माग अमेरिकाले गरेपनि उत्तर कोरियाले त्यसो गर्न नमानेपछि अमेरिका र संयुक्त राष्ट्रसङ्घले उत्तरका विरुद्धमा नाकाबन्दी गरेका हुन् ।
गत महिना मात्र अघि संयुक्त राष्ट्रसङ्घले उत्तरका विरुद्धमा नाकाबन्दी गरेको थियो । सो नाकाबन्दी उसका विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको पनि जनाइएको थियो ।
दक्षिण कोरियाली राष्ट्रपति हाइले बुधबार प्रकाशन गर्नुभएको सूचनामा सेनालाई उच्च सतर्कताका साथ कामगर्न भन्नुभएको छ भने सर्वसाधारण नागरिकलाई पनि परिस्थिति सङ्कटकालीन भएकोले सावधानी अपनाउन आह्वान गर्नुभएको छ ।
उत्तर कोरियाले पछिल्लो समयमा दिएको धम्की केवल उसको उत्तेजनात्मक प्रचारमात्र हो भन्दै यसबाट आफ्नो देशलाई अरु केही हानी गर्न नसक्ने दक्षिणले जनाउदै आएको छ ।
पछिल्लो समयमा उत्तर कोरियाले एकपछि अर्काेगरी क्षेप्यास्त्र परीक्षण गर्दै गएपछि यसका कारण उत्तर र दक्षिण कोरियाकाबीचमा निकै ठूलो तिक्तता छाएको बताइन्छ ।
यस परीक्षणका कारण कोरियाली प्रायद्वीपमा नै ठूलो तनाव उत्पन्न हुदै आएको छ । यसले गर्दा विश्वको क्षेत्रीय राजनीतिमा पनि नयाँ ढङ्गले सोच्न थालिएका समाचारहरु प्राप्त भइरहेका छन् ।
बिहीबार दक्षिण कोरियाली समाचार समिति, योनहापले कोरियाली अधिकारीलाई उद्धृत गरी दिएको समाचारमा भनिएको छ– शुक्रबार उत्तर कोरियाली संस्थापक नेता किम इल सुङको जन्मदिन परेकोले यस अवसरमा उसले क्षेप्यास्त्र परीक्षण गर्न पनि सक्दछ । रासस÷एएफपी


0 comments
प्रतिक्रिया दिनुहोस्...