पेट्रोल कालाबजारीका अभियुक्त २५ हजार धरौटीमा छुटे
उदयपुर / कटारी नगरपालिका– ६ स्थित संन्तोष आयल स्टोर्सले पेट्रोलियम पदार्थ कालाबजारी गरेको मुद्धामा पक्राउ परेका तीन जना धरौटीमा छुटेका छन । सन्तोष आयल स्टोर्सका संञ्चालक अनिल साहले ९९ रुपैया प्रति लिटरको पेट्रोल १ सय १० रुपैया प्रतिलिटरमा बिक्रि गरेपछि प्रहरीले पक्राउ गरेको थियो । पम्प सञ्चालक साह सहित तीन जनालाई ईलाका प्रहरी कार्यालय कटारीले प्रमाण सहित पक्राउ गरि कालाबजारी ऐन अनुसार मुद्धा चलाएको थियो । तर उनीहरुलाई जनही २५ हजारका दरले धरौटीमा छाडिएको छ । सो पम्पमा एक महिना अघि प्रहरीले शिलबन्दी गरेको थियो । -
0 comments
प्रतिक्रिया दिनुहोस्...