-->
आर्थिक वृद्धिका लागि सहयोग गर्न अमेरिकालाई ओलीको आग्रह

काठमाडौं, चैत २४ – प्रधानमन्त्री केपी ओलीले नेपालको आर्थिक वृद्धिका लागि सहयोग गर्न अमेरिकालाई आग्रह गर्नुभएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार नेपालका लागि अमेरिकी राजदूत एलाइना बी टेप्लिजसँग भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक वृद्धिमा सहयोग गर्न आग्रह गर्नुभएको हो ।  जवाफमा राजदुत टेप्लिजले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । त्यस्तै राजदुतले भूकम्पपछिको पुनर्निर्माण र समसामयिक राजनीतिक विषयमा समेत चासो राख्नुभएको थियो । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.