-->
सलमानले भने, 'पुलिसले फसाउन खोज्दैछ'

एजेन्सी: बलिउडका सुपरस्टार सलमान खानले आफूलाई मुम्बई पुलिसले फसाउने षड्यन्त्र गरेको आरोप लगाएका छन्। 
 
सन् २००२ मा भएको हिट एण्ड रन केशमा पुलिसले आफूलाई गलत नियतले फसाउने कोसिश गरिरहेको आरोप लगाएका हुन। 
 
महाराष्ट्र सरकारले सलमान खानको रिहाइविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएपछि सलमानले यस्तो आरोप लगाएका हुन्। 
 
ड्राइभरले गाडी चलाएका थिए
 
सर्वोच्च अदालतलाई दिएको जवाफमा सलमानले भनेका छन्, 'मैले न गाडी चलाइरहेको थिएँ, न म नशामै थिएँ।' उनले गाडी आफूले नभइ ड्राइभर अशोक सिंहले चलाएको दाबी गर्दै आएका छन्। 
 
सलमानले आफ्ना ड्राइभर अशोक सिंहले भारतीय पुलिसलाई फोन गरेर बयान दिन तयार भएको जानकारी गराए पनि पुलिसबाटै गिरफ्तार गर्ने धम्की दिएको आरोप लगाएका छन्।  


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.