अब बैदेशिक रोजगारीमा ज्यान गुमाउने कामदारका परिवारले १७ लाखसम्म पाउने
काठमाडौँ । वैदेशिक रोजगारीको शिलशिलामा ज्यान गुमाएकाका परिवारले साढे १७ लाख रुपैयाँसम्म पाउने भएका छन् ।
विदेशमा मृत्यु भएका कामदारको बीमाबापत १० लाख, शब ल्याउन र काजक्रियामा साढे ४ लाख र कल्याणकारी कोषबाट पाइने तीन लाख गरी परिवारले कम्तीमा साढे १७ लाख रूपैयाँ रकम पाउने भएका हुन् ।वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको बैठकले यसअघि बीमाङ्क पाँच लाख रहेकामा त्यसलाई वृद्धि गरी १० लाख रुपैयाँ पुर्याउने निर्णय गरेको छ । आगामी वैशाख १ गतेदेखि यो निर्णय कार्यान्वयनमा ल्याउन बिमा समितिसँग अनुरोध गरिएको बोर्डले जानकारी दिएको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...