-->
फेसबुक लाइक बढाउन के गर्ने?

फेसबुकका सबै प्रयोगकर्ता चाहन्छन् आफ्नो पोष्ट, फोटो वा भिडियोमा धेरै लाइक आवस्। धेरै साथीहरुले आफ्नो सामग्रीमा चासो देखाउन् र लाइक कमेन्ट गरुन्। साथीबीच कुनै बेला फेसबुकको बढी लाइक पाउने प्रतिस्पर्धा नै पनि देखिन्छ। तर कसरी फेसबुकमा लाइक बढाउने? यस विषयमा सोचिरहनु भएको छ भने तलका ७ तरिका उपयोगी हुनसक्छन्।
१. फेसबुक एउटा गतिशील समुदायको समाज हो। त्यसैले आक्कल झुक्कल मात्र पोष्ट नगर्नुहोस्। कुनै विषयबारे पोष्ट गर्नुहुन्छ भने त्यसबारेमा नियमित पोष्ट गरिरहनुहोस्। हप्ता वा महिना दिनमा एक पटक पोष्ट गर्दैमा तपाइँसँग मान्छेहरु आकर्षित भइहाल्दैनन्।
२. सामग्री कस्तो किसिमको हो भन्ने विषयले फेसबुक समुदायमा ठूलो अर्थ राख्छ। कुनै भिडियो वा तस्विर यस्तो पोष्ट गर्नुहोस् जसले तपाइँका साथीको अनुहारमा चमक ल्यावस्। मन प्रशसन्न तुल्यावस्। यदि तपाइँ आफैँ यस्ता राम्रा सामग्री तयार पार्न सक्नुहुन्न भने यस्ता भिडियो पाउन सजिलो नहुन सक्छ। यस्ता सामग्री खोज्न सक्नुभयो भने साथीभाइको मन जित्न अवश्य सक्नुहुनेछ।
३. संस्कृति मान्छेको जीवनशैलीसँग जोडिएको सबैभन्दा महत्वपूर्ण पक्ष हो। त्यसैले चाडपर्व तथा जन्मदिनका पोष्ट, तस्विर, भिडियो पोष्ट गर्नुहोस्। चाबाड तथा जन्मदिनका सामग्रीमा पनि तपाइँले राम्रो लाइक पाउन सक्नुहुनेछ।
४. फेसबुकमा पोष्ट गर्ने सही समय कुन हो भन्ने विषय सधैँ विवादास्पद रहँदै आएको छ। यस बारेमा विभिन्न विश्लेषकहरुको फरक फरक धारणा पाइन्छ। बिजनेस इनसाइडरको एउटा रिपोर्टले फेसबुक पोष्टमा लाइक र कमेन्टका लागि उपयुक्त समयको भूमिका महत्वपूर्ण हुने जनाएको छ। एउटा अनुसन्धानले साँझ ७ देखि ८ बजेको समयमा फेसबुकमा सबैभन्दा बढी लाइक र कमेन्ट आउने देखाएको थियो। कार्यालय समयमा पोष्ट गर्दा लाइक कमेन्ट कम आउन सक्ने सो अनुसन्धानले औंल्याएको थियो।
५. तपाइँको फेसबुकमा साथीभाइले नै लाइक कमेन्ट गर्ने हुन्। त्यसैले उनीहरु फेसबुक अन्तरक्रियाका लागि बढी महत्वपूर्ण हुन् भन्ने कुरा नबिर्सिनोस्। आफ्ना सामग्रीमा साथीभाइका भनाइ तथा तस्विरहरु राख्न नबिर्सिनोस्। साथीहरुका सबै कुरामा सहमत हुनुपर्छ भन्ने छैन तर आफ्ना मात्रै कुरा राख्नुभयो भने धेरैलाई मन नपर्न सक्छ।
६. कुनै नयाँ काम सुरु गर्दै हुनुहुन्छ भने फेसबुकबाट त्यसलाई लाइभ अपडेट गर्नुहोस्। आफ्नो व्यापार वा व्यवसायबारे सबैलाई जानकारी गराउनोस्। यसले तपाइँको मिहिनेतबारे तपाइँका साथीहरुलाई थाहा दिनेछ।७. अाफ्नो पोष्टमा मात्र एकाेहाेरो लाइक र कमेन्टको अपेक्षा गर्ने काम बुद्धिमानीपूर्ण हुँदैन। केही सेलिब्रेटीको कुरा अर्कै होला तर अामप्रयोगकर्ताले ध्यान पुर्याउनु पर्ने पक्ष के हाे भने तपाइँ पनि अरुका पोष्ट, फोटो र भिडियोमा लाइक एवं कमेन्ट गर्न थाल्नुहोस्। यस्तो अन्तरक्रियाले तपाइँहरुबीच नजिकको सम्बन्ध नै पनि स्थापित हुन सक्छ। पोष्ट, फोटो र भिडियोमा लाइक अाउने सम्भावना पनि प्रवल हुन्छ।
फेसबुक साँच्चै तपाइँको व्यक्तित्व विकासको एक हिस्सा बन्न सक्छ। यसका लागि तपाइँले केही फरक तरिकाले सोचे पुग्छ। र तपाइँका पोष्टहरु त्यहीअनुसार हुन जरुरी पर्नेछ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.