-->
तीन बर्षभित्र बहुमूल्य पत्थर र खनिजको अन्वेषण गरिसक्ने सरकारको दाबी

७ जेठ, काठमाडौं । सरकारले सबै प्रकारका खानीजन्य पदार्थको उत्खनन र उपयोगका लागि अधिकतम तिव्रताका साथ काम भइरहेको दाबी गरेको छ । तीन बर्षभित्र सबै प्रकारका बहुमूल्य रत्न पत्थर तथा खानीजन्य पदार्थको अन्वेषण गरी उत्खननमा लाग्ने सरकारको दाबी छ ।
शुक्रबारदेखि राजधानीमा सुरु जेम्स एन्ड ज्वेलरी एक्सपो उदघाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सो कुराको दाबी गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘प्राकृतिक हिसाबले हामी धनि छौं र हामीसँग धन छ भन्ने पत्ता लागिसकेकाले अब त्यसलाई अधिकतम उपयोग गर्नेतर्फ लाग्नुपर्छ । यस कामका लागि सरकार तिब्रताका साथ अघि बढिरहेको छ ।’
नेपाललाई प्रकृतिले खानी, जलस्रोत, उर्बर जमिन दिएको भन्दै उनले अहिलेसम्म रोकिएका विकासका काममा सरकार अग्रसर रहेको बताए ।
‘अहिले सरकारले लिएको गति मान्छेलाई देख्न गाह्रो परिरहेको छ । हिँडेको, दौडेको मान्छेलाई उँभिएर देखिँदैन, सँगसँगै दौडिनुपर्छ,’ उनले भने, ‘यहाँ सरकार कुदिरहेको छ तर, मान्छेहरु उँभिएर हेर्न खोज्छन् । उँभिएर हेर्ने र कुद्नेबिच तालमेल मिल्दैन अनि सरकारको कुरा काट्न थाल्छन् ।’
कार्यक्रममा उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नेपालमै रहेको बहुमूल्य पत्थर माटोको मूल्यमा निर्यात भइरहेको भन्दै अब प्रशोधन गरी बढीभन्दा बढी मूल्यमा बिक्री गर्ने बताए ।
‘३ बर्षभित्र सबै बहुमल्य रत्न पत्थर तथा सबै खानीजन्य पदार्थको अन्वेषण गरी उत्खननमा लाग्छौं । हाम्रो उद्देश्य हामी भ्यालु प्रोेडक्ट निर्यात गर्ने रहेको छ,’ मन्त्री पाण्डेले भने ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.