-->
सामसुङले ल्यायो वाटर-डस्ट प्रुफ 'ग्यालेक्सी एस 7 एक्टिभ'

सामसुङले ग्यालेक्सी एस 7 को टफ भेरिएन्ट ग्यालेक्सी एस 7 एक्टिभ सार्वजनिक गरेको छ।
 
फोनमा ५.१ इन्च क्वाड एचडी सुपर एमोलेड डिस्प्ले छ जसले १४४०×२५६० पीक्सेल रिजोलुशन दिन्छ।
 
स्क्रिनमा सुरक्षाका लागि गोरिल्ला ग्लास ४ छ। क्वाडकोर स्न्यापड्र्यागन ८२० प्रोसेसर भएको यस फोनमा ४ जीबी एलपीडीडीआर र्याम छ। फोनको इन्टरनल मेमोरी ३२ जीबी छ र यसमा २०० जीबीसम्मको मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ।
 
ग्राफिक्सको लागि एड्रिनो ५३० जीपीयू दिइएको छ। फोटोका लागि अगाडि ५ र पछाडि फ्ल्यास सहित १२ मेगापीक्सेलको क्यामरा छ।
 
एन्ड्रोइड ६.०.१ मार्समेलो अपरेटिङ सिस्टममा काम गर्ने यो फोन आईपी ६८ रेटिङका साथ आउने कम्पनीले जनाएको छ।
 
यसको अर्थ यो फोन वाटर र डस्ट प्रुफ छ। फोनमा फिङ्गरप्रिन्ट सेन्सर छ। पावरका लागि ४००० एमएएचको ब्याट्री प्रयोग गरिएको छ। स्यान्डी गोल्ड, केमो ग्रीन र टाइटेनियम ग्रे रङमा उपलब्ध यस फोनको मूल्य करिब ८५ हजार रुपैयाँ रहेको छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.