-->
हत्या गरेको १३ बर्षपछि पक्राउ

जेष्ठ २१, २०७३- छिमेकीको हत्या गरेर भागेका ताम्कु–३ का कृष्णबहादुर राई १३ बर्षपछि पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएका सादा पोशाकका प्रहरीले मोरङको सुन्दरदुलारी नगरपालिका–२ गछियाबाट बिहीबार पक्राउ गरेका हुन् । 

डीएसपी गौतमकुमार केसीका अनुसार गछियामा लुकेर बसेको सुराकी आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले २०६० सालमा धोके राईको हत्या गरेर भागेका थिए । 

उनलाई जिल्ला अदालत चैनपुरले २०६० साल जेठ २९ मा ज्यान मुद्दामा दोसी ठहर भई जन्मकैद फैसला सुनाएको थियो ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.