-->
आफै जानौँ सुत्केरी हुने मिति

मानिस मात्र होइन सबै प्राणीको बच्चा जन्मने दिन निश्चित हुन्छ । कारणवश केही अघि पछि भए पनि प्रायः निश्चित दिन वा त्यसको एक दुई दिन भित्रमा नै बच्चाले जन्म लिन्छ ।

आमाको पेटमा मानिस बढीमा १० महिनासम्म मात्र बस्छ भनिन्छ । मान्छेको गर्भ अवधि महिनाले गन्दा १० महिनाको भए तापनि दिन गन्तीका हिसाबले नौ महिना सात दिनको हुन्छ ।

सुत्केरी दिन पत्ता लगाउने तरिका जान्ने हो भने गर्भवती महिला सबभन्दा पछिल्लो पटक कहिले नछुने भएको हो त्यो मिति खुट्याउनु पर्छ । त्यो मितिमा नौ महिना र सात दिन जोड्दा आउने मिति नै सुत्केरी हुने सम्भावित दिन हो । जस्तो ः तपार्इं पछिल्लो पटक २०५९ मंसीर १ गते नछुने भएपछि फेरि हुनुभएको छैन भने नौ महिना गन्दा २०६० भदौ १ गते हुन्छ, यसमा सात दिन जोड्नुहोस् । सात दिन जोड्दा भदौ ८ गते हुन्छ । तपाईं सुत्केरी हुने सम्भावित दिन भदौ ८ गते नै हो ।

कोहीकोही गर्वभती महिला सम्भावित दिनमा सुत्केरी नभइ सातदेखि पन्ध्र दिन अघि वा पछि पनि हुन्छन् । नेपाली महिना निश्चित दिनका नहुने हुनाले अंग्रेजी क्यालेण्डर हेरेर माथिकै किसिमले पछिल्लो पटक महिनावारी भएको मितिमा नौ महिना सात दिन जोड्दा यो हिसाब बढी मिल्छ । अर्को कुरा, यो तरिका २८ दिनमा महिनावारी हुने महिलाकालागि मात्र हो । छिटै नछुने हुने महिलाको बच्चा चाँडै जन्मिन्छ भने ढीलो नछुने हुनेको ढीलै जन्मिन्छ । जस्तै प्रत्येक एक्काइस दिनमा नछुने हुने महिलाको बच्चा जन्मने दिन यो हिसाबभन्दा एक हप्ता अगाडि नै हुन्छ । त्यसैगरी कुनै महिलामा प्रत्येक ३५ दिनमा नछुने हुने हुन्छ भने उनको बीजागम पनि ढीलो हुने भएकाले बच्चा जन्मने दिन यो हिसाबबाट निस्केको दिनभन्दा ७ दिन पछाडि हुन्छ ।

करीब ८५ प्रतिशत महिला बच्चा जन्मने सम्भावित दिनको दुई दिन भित्र नै सुत्केरी हुन्छन् ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.