-->
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निमार्ण सुरू,चिनीयाँ टोलीले काम थाल्यो

विमानस्थलको निर्माणको पूर्व तयारीका लागि चिनियाँ सि.ए.यम.सि.ई को १३ जनाको टोली पोखरा आएको छ। टोलीले शुक्रबार देखि अस्थाइ आवासका लागि निर्माण सुरु गरेको छ।

वैशाख १ गते प्रधानमन्त्री के.पी. शर्मा ओलीले शिलान्यास गरेपछि शुक्रबार चिनियाँ टोली पोखरा आएर कामको थालनी सुरु गरेको हो। टोलीले विमानस्थल निर्माण गर्न बसोबासका लागि आवास र सम्भावित अध्ययन समेत गर्न सुरु गरेको सि.ए.यम.सि.ई को पोजेक्ट म्यानेजर  जे.डिले सेतोपाटीलाई बताए ।

विमानस्थल आयोजना प्रमुख प्रदिप अधिकारीका कामको थालनीका लागि चिनियाँ टोली पोखरा आएको र उनीहरूले विमानस्थल निर्माणका लागि कसरी अगाडि बढ्ने भन्ने कुरामा छलफल भएको कुरा बताए। अध्ययन सुरु गरेको  विमानस्थलको लागि सुरूमा ३७ सय रोपनी जग्गामा अधिकरण गरिसकिएको छ।

पोखराको छिनेडाँडामा विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी सीएएमसी इञ्जिनियरिङसँग ०७१ जेठ ८ गते नै ठेक्का सम्झौता भएको थियो । सम्झौता नेपाल सरकारले सोही वर्षको कात्तिक १० गते स्वीकृत गरेको थियो।

पोखरा विमानस्थल निर्माणका लागि २१ करोड ७० लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ। चीनको एक्जिम बैंक सस्तो ब्याजदरमा सहुलियत ऋण दिन तयार भएको छ। ठेक्का सम्झौता अनुसार विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे, एप्रोन, अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनल बिल्डिङ, एयर ट्राफिक कन्ट्रोल टावर, कार्गो टर्मिनल बिल्डिङ, एयरपोर्ट हृयांगरदलगायत निर्माण हुनेछन्।

विमानस्थल प्रवेशको द्धवारबाट १२ सय मिटर बाटोलाई कालो पत्रे काम समेत सुरू गरेको छ। 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.