-->
ब्राजिलका प्रशिक्षक डुंगा बर्खास्त

असार १ – ब्राजिलको राष्ट्रिय टिमका प्रशिक्षक डुंगा बर्खास्तीमा परेका छन् । कोपा अमेरिका फुटबलमा समूह चरणबाटै बाहिरिएपछि ब्राजिलले डुंगालाई बर्खास्त गरेको हो । 
डुंगा सन् २०१४ देखि ब्राजिलको मुख्य प्रशिक्षक थिए । सन् २०१४ को विश्वकपमा जर्मनीसँग ७–१ ले पराजित भएपछि ब्राजिलले डुंगालाई प्रशिक्षकमा नियुक्त गरेको छ । सन् १९९४ को विश्वकपमा राष्ट्रिय टिमको कप्तान रहेका डुंगा दोस्रो पटक राष्ट्रिय टिमको प्रशिक्षक बनेका थिए ।

डुंगाले आफ्नो कप्तानीमा टिमलाई विश्वकपको उपाधि दिलाए पनि प्रशिक्षकका रुपमा दोस्रो पारीमा भने सफल हुन सकेनन् । कोपा अमेरिकामा ब्राजिल २९ वर्षमा पहिलो पटक समूह चरणबाटै बाहिरियो । यसअघि ब्राजिल सन् १९८७ मा पनि कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिएको थियो ।

डुंगा यसअघि सन् २००६ देखि २०१० सम्म ब्राजिलको प्रशिक्षक थिए । उनले प्रशिक्षकको पहिलो पारीमा सन् २००७ मा टिमलाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.