-->
रोनाल्डोका लागि बिर्सन लायक खेल, पोर्चुगल बराबरीमा रोकियो

असार १ – पोर्चुगल युरोकप फुटबलमा नवप्रवेशी आइसल्याण्डसँग बराबरीमा रोकिएको छ । समूह एफ अन्तर्गत रहेको पोर्चुगल मंगलबार राति भएको आफ्नो
पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको हो । सुरुवाति अग्रता लिएपनि पोर्चुगलले त्यसलाई जोगाउन सकेन र अंक बाँड्न बाध्य भयो ।
सातौं पटक युरोकपमा सहभागिता जनाएको पोर्चुगलका लागि ३१ औं मिनेटमा नानीले गोल गर्दै सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा पोर्चुगल १–० ले अघि रहेको पनि दोस्रो हाफको पाँचौं मिनेटमा आइसल्याण्डका किर्किर बजार्नासनले बराबरी गोल फर्काए । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र पोर्चुगल नवप्रवेशी आइसल्याण्डसँग बराबरीमा रोकिन बाध्य भयो । यो खेलमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले १० पटक पोस्ट प्रहार गरेपनि एउटा मात्रै लक्षयमा पुगेको थियो । त्यो पनि आइसल्याण्डका गोलरक्षकले सुन्दर बचाउ गरे । पोर्चुगलले अग्रता लिनु अघि आइसल्याण्डका ग्लेफी सिगुर्डसनले दुई पटक पोस्ट प्रहार गरेको थिए, तर त्यो दुवै प्रहार पोर्चुगलका गोलरक्षकले बचाउ गरे । रोनाल्डोले हेडमार्फत प्रहार गरेको बलमा पनि गोलमा परिणत हुन सकेन । अन्तिम समयमा आइसल्याण्डले अग्रता लिने प्रयास गरेको थियो । तर अलफ्रेड पिन्बोगासनलेको प्रहार पोर्चुगलका गोलरक्षकले वचाउ गरेर टिमलाई हारबाट जोगाए । रियल मड्रिडका लागि च्याम्पियन्स लिगमा विजयी पेनाल्टी प्रहार गरेका रोनाल्डोका लागि युरोकपको पहिलो खेल बिर्सन लायक बन्यो । तर क्लबका लागि जस्तै राष्ट्रिय टिमका लागि गोल गर्ने उनको लक्ष्य कम्तिमा यो खेलमा पूरा हुन सकेन । सानो राष्ट्र आइसल्याण्डसँगको खेल रोनाल्डो र समग्र पोर्चुगिज टिमका लागि बिर्सन योग्य बन्यो । खेल अवधिभर बलमा ६० प्रतिशत भन्दा धेरै नियन्त्रण कायम गरेर पनि गोल गर्न नसक्नु पोर्चुगलका लागि दुर्भाग्य बन्यो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.