-->
पवित्र पाशुपत क्षेत्रमा मदिरा बिक्री गर्ने पक्राउ

काठमाडौँ, २३ जेठ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा पशुपति मन्दिर क्षेत्र, महाकाल मन्दिरलगायतका धार्मिक क्षेत्रमा आज छापामारी अवैध घरेलु मदिरा बिक्री वितरणमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पाशुपत क्षेत्र र महाकालस्थान मन्दिर परिसरमा रहेको अवैध घरेलु मदिरा तथा बिनाइजाजत बिक्री वितरणका लागि राखिएका मदिराका कार्टुन पाँच थान, मदिराको बोतल प्याक गरी राखिएको बोरा ११ थान, घरेलु मदिरा राखिएको बोतल दुई थान तथा मदिराका जर्किन दुई थानसहित सातजना व्यवसायी नियन्त्रणमा लिई थप कारबाही प्रक्रिया अघि बढाइएको काठमाडौँका सहायक प्रजिअ ललितकुमार बस्नेतले जानकारी दिएका छन् ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.