-->
प्रधानमन्त्री ओलीलाई ‘अनपढ’ भन्ने बाबुरामलाई शंकर पोखरेलको कडा जवाफ ,बाबुराम बने मुखदर्शक:

‘१५ वर्षे जेल र नेलको पाठशालाबाटै ओलीले पीएचडी गरे’ –

shankar-pokharel-lele_20130513093049

काठमाडौं, २३ जेठ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनपढ’ भन्ने नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई प्रश्नसहितको जवाफ फर्काएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत जवाफ दिँदै नेता पोखरेलले १५ वर्षे पंचायती जेल र नेलको पाठशालाबाट बनेको प्रधानमन्त्री ओलीको राजनीतिक व्यक्तित्वलाई विश्वविद्यालयको औपचारिक उपाधिसँग दाज्न नमिल्ने बताएका हुन् ।

उनले बाबुरामलाई प्रश्न गरेका छन्– ‘१५ वर्षे पंचायती जेल र नेलको पाठशालावाट वनेको केपीको राजनीतिक व्यक्तित्व विश्वविद्यालयको औपचारिक उपाधिभन्दा कम मुल्यवान होला र डा वावुरामजी ?

शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा बाबुरामले प्रधानमन्त्रीलाई एसएलसी पास गर्न नसकेको अनपढ भन्दै एसएलसी पास गर्न नसक्ने प्रधानमन्त्रीले ज्ञान र विज्ञानका कुरा गर्न सुहाउँदैन् भनेका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.