-->
बुद्ध एयरको जहाजमा चरा ठोक्कियो, यात्रु सकुशल

नेपालगञ्ज, १२ असार । नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ ।
नेपालगञ्ज विमानस्थल प्रशासनका अनुसार जहाज अवतरण भइ पार्किङमा ल्याउने क्रममा दाँया पंखामा चरा ठोक्किएको हो । चरा ठोक्किएपनि जहाजमा खासै क्षति नपुगेको बताइएको छ ।15
जहाजका सबै यात्रु सकुशल रहेका छन् ।
जहाजलाई पार्किङ स्थलमा राखिएको छ । चरा ठोक्किएको पंखाको प्राविधिक जाँच गरिने र त्यसपछि मात्रै उडान सुरु गर्ने बुद्ध एयरका स्टेशन प्रमुख बिनित शाहले जानकारी दिए ।
dainiknepal


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.