-->
पढ्दा पढ्दै विद्यार्थी धमाधम बेहोस, विद्यालय अश्चितकालका लागि बन्द

धादिङ, असार १२ – पढ्दा पढ्दै धमाधम विद्यार्थी बेहोस भएर कक्षा कोठामा ढल्न थालेपछि अश्चितकालका लागि धादिङ एक विद्यालय बन्द गरिएको छ । 

धादिङको कुम्पुर गाविसमा रहेको महाकाली माध्यामिक विद्यालयका विद्यार्थी धमाधम बेहोस भएर पढाइ समेत प्रभावित भएपछि विद्यालय अनिश्चतकालका लागि बन्द गरिएको हो । 

एक साता अघिसम्म लगातार हरेक दिन ३/४ जना विद्यार्थी बेहोस हुने गरेको र विद्यालयमा प्राथमिक उपचार गरेर कक्षा सञ्चालन गर्ने गरेपनि यो हप्ता हरेक दिन १५÷२० जनासम्म बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको विद्यालय प्रशासनले जनाएको छ । 

एकोहोरो टोलाउने, बसेको वा उभिएको स्थानमै ढल्ने, रुने, कराउने जस्ता लक्षण देखिएको शिक्षक जनक आचार्यले जानकारी दिनुभयो । कक्षा चार भन्दा माथिका छात्राहरुमा बढी यस्तो समस्या देखिएको छ । 

यसररी धमाधम विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय व्यवस्थापन समितिको बैठक बसी विद्यालय बन्द गरिएको हो । अर्को सूचनापछि मात्र विद्यालय सञ्चालन हुने बताइएको छ । (ujyaalo90) 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.