-->
जहाँ मुसलमानले बनाउँछन् चर्च

जेठ ३१ - पाकिस्तानको पञ्जाब सुबेमा छ, एजाज फारुकको गाउँ । बस्तीमा मुसलमानको संख्या धेरै भएपनि धर्मको अहंकारलाई हटाएर त्यहाँ धार्मिक सहिष्णुता कायम छ । 
मुस्लिम समुदायका फारुक आफ्नै गाउँका इसाई धर्मावलम्बीका लागि अरु जस्तै गरी खटिएका छन् । अरु गाउँलेले जस्तै उनी पनि चर्च बनाउन जग खनिरहेका छन्, इट्टामा सिमेन्टको लेप लगाउँदै छन् । 

गाउँमा रहेका इसाई धर्मावलम्बीका लागि त्यहाँ पहिलो पटक चर्च बन्दै छ । यही चर्च बनाउन काँधमा काँध मिलाउँदै छन् इसाई र मुस्लिम समुदाय ।

आफ्ना लागि मस्जिद भएको र गाउँमा सँगै बस्ने इसाइका लागि चर्च नभएकाले आफूहरु चर्च बनाउन खटिएको फारुकले बताए ।
 उनी भन्छन् ‘हाम्रो मस्जिद यहाँ पहिले देखिनै छ तर हाम्रो इसाई धर्म मान्ने साथीभाइलाई पनि अधिकार छ कि उनीहरुले आफ्नो पूजा गर्न सकुन, हाम्रा लागि मस्जिद छ, उनीहरुका लागि पनि गाउँमा चर्च हुनु आवश्यक छ ।’

पाकिस्तानमा अल्पसंख्यक विरुद्ध हिंसा र असहिष्णुताका घटना बढ्दै गएको छ । तर पञ्जाब सुबे क्षेत्रका नागरिक भने भाइचाराको भावनालाई धर्म र सम्प्रदाय भन्दा धेरै माथि सम्झने गर्छन् । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.