सन् २०१२ मा भएको यस्तै लिलामीमा पनि सोही व्यक्तिले इ–बेमा बेचिने समानका लागि यत्तिकै रकम खर्चिएका थिए । इ–बेमा आइतबारबाट सुरु भएको लिलामी शुक्रबार राती सकिएको थियो । पछिल्ला आठ विजेता मध्ये ६ जनाले वफेटसँग लन्च खान २० करोड नेपाली रुपैंया बराबर खर्च गरेका थिए ।
बफेटले आफूसँग खाना खाने लिलामीबाट मात्र पनि ३ करोड डलर भन्दा बढी पैसा जम्मा गरेको जानकारी दिइएको छ । फोब्र्सको सूची अनुसार वफेट विश्वका सबैभन्दा धनी व्यक्ति मध्ये तेस्रो नम्बरमा पर्छन् । ब्रेकसायर हेथवे मार्फत् सेयर बजारमा लगानी गर्दै आएका वफेट भन्दा अगाडि अमेरिकाकै बिल गेट्स र स्पेनका एमेन्सिया अर्टेगा रहेका छन् ।
उनी बफेट फाउन्डेसन मार्फत् सामाजिक काममा सक्रिय रहँदै आएका छन् । तर उनको आम्दानीको ठूलो हिस्सा भने उनले 'बिल एन्ड मेलिन्दा गेटस् फाउन्डेसन'लाई दिँदै आएका छन् ।
वारेन वफेटसँग खाना खाने मूल्य ३६ करोड
अमेरिका–खर्बपति व्यापारी वारेन बफेटसँग एक छाक खाना खान एक व्यक्तिले ३६ करोड नेपाली रुपैंया बराबर पैसा तिरेका छन् । बफेटसँग खाना खाने मौकाका लागि शुक्रबार गरिएको लिलामीमा सो व्यक्तिले किर्तिमानी रकम तिरेका हुन् । लिलामीबाट प्राप्त रकम सन फ्रान्सिस्कोमा रहेका बेघर मानिसका लागि प्रदान गरिनेछ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...